कस्तो रहनेछ मंगलबारको मौसम?

कोशी, मधेश, बागमती र गण्डकीका थोरै र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।

काठमाडौँ– मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको दक्षिणतर्फ र पूर्वमा सरदर स्थानभन्दा पूर्वतर्फ अवस्थित छ। 

भारतको उत्तरप्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव नेपालमा पनि रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकीको केही स्थानमा हल्का वर्षा भइरहेको छ। दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।

कोशी, मधेश, बागमती र गण्डकीका थोरै र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।

कोशी, मधेश, बागमती र गण्डकीका थोरै र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने महाशाखाले जनाएको छ।