मैवाखोला गाउँपालिकाले एक करोड ५० लाख ५३ हजार रुपैयाँ लागतमा अस्थायी एकीकृत आवास निर्माण गरी पहिरोबाट पिडीत परिवारलाई स्थानान्तरण गरेको छ।
काठमाडौँ– ताप्लेजुङ मैवाखोला गाउँपालिकाका पहिरो प्रभावित ६५ परिवारलाई अस्थायी एकीकृत आवास हस्तान्तरण गरिएको छ।
गाउँपालिकाको पहलमा निर्माण गरिएको एकीकृत आवास पहिरोबाट विस्थापित परिवारलाई हस्तान्तरण गरिएको पालिका अध्यक्ष विजयप्रकाश वनेमले बताए।
गत असार २ गते रातिको बाढीपहिरोबाट मैवाखोला गाउँपालिका–४ ओदकका ६२ र ताम्राङका तीन गरी ६५ परिवार विस्थापित भएका थिए। ६५ मध्ये ६३ परिवार शेर्पा समुदायका र दुई परिवार लिम्बू समुदायका छन्।
गाउँपालिकाले साउन सात गते एकीकृत आवास निर्माण थालेको थियो। आवास निर्माणका लागि विभिन्न दातृ निकाय, संघसंस्था र दातामार्फत ५५ लाख ९२ हजार ७७० रुपैयाँ सहयोग प्राप्त भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीमाया गोम्देनले बताइन्।

टोल विकास संस्थाको अगुवाइमा स्थानीयको श्रमदानसहित ६८ लाख एक हजार र गाउँपालिकाको २६ लाख ६० हजार गरी एक करोड ५० लाख ५३ हजार रुपैयाँ खर्च भएको छ। औसतमा एउटा आवास निर्माणका लागि दुई लाख ३१ हजार खर्च भएको छ।
पाँच जनासम्म सदस्य भएका परिवारका लागि ३६ वटा, आठ जनासम्म सदस्य भएका परिवारका लागि २३ र १२ जनासम्म सदस्य भएका परिवारका लागि ६ वटा अस्थायी घर बनेको पालिका अध्यक्ष वनेमले बताए। ३६ वटा शौचालय र १८ वटा धारा बनाइएको छ।
ताप्लेजुङका विपद् पीडित परिवारलाई एकीकृत बस्तीमार्फत सुरक्षित स्थानान्तरण गर्ने मैवाखोला पहिलो पालिका बनेको छ। तत्कालका लागि अस्थायी आवास बनाइएको तथा स्थायी रूपमा नै स्थानान्तरण गर्ने योजना रहेको अध्यक्ष वनेमले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
