काठमाडौँबाट सुर्खेत गइरहेको बस दुर्घटना, २५ जनाभन्दा बढी यात्रु घाइते

४५ जना यात्रु सवार बस पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाङको लमही नगरपालिका–९ शिवखोलामा दुर्घटनामा परेको छ।

तुलसीपुर– काठमाडौँबाट सुर्खेत गइरहेको यात्रुवाहक बस दुर्घटना हुँदा २५ जनाभन्दा बढी यात्रु घाइते भएका छन्। 

पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाङको लमही नगरपालिका–९ शिवखोलामा मंगलबार बिहान बस दुर्घटनामा परेको हो।

घाइतेको लमही अस्पतालमा उपचार भइरहेको दाङका एसपी रामबहादुर केसीले बताए। 

घाइते सबैको अवस्था सामान्य छ। उनका अनुसार बसमा ४५ जना यात्रु सवार थिए। 

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।