नेपाल र चीनबीच २२० केभी क्षमताको प्रसारण लाइन निर्माणको समझदारी भएको हो। समझदारीअनुसार नेपालको चिलिमे हब र चीनको जिलुङबीच प्रसारण प्रणाली जोडिने छ।
काठमाडौँ– नेपाल र चीनबीच बिजुली आदान– प्रदानका लागि उच्च क्षमताको प्रसारण प्रणाली निर्माण हुने भएको छ। नेपालतर्फ यसअघि नै अध्ययन भइसकेको र निर्माणको तयारीमा रहेको रसुवागढी–केरुङ प्रसारण लाइन चीनतर्फ पनि जोड्ने सहमति भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणमा क्रममा नेपाल र चीनबीच २२० केभी क्षमताको प्रसारण लाइन निर्माणका लागि आवश्यक समझदारी भएको हो। पछिल्लो समझदारीअनुसार नेपालको चिलिमे हब र चीनको जिलुङबीच प्रसारण प्रणाली जोडिने छ। नेपालतर्फ १६ किलोमिटर लामो प्रसारण लाइन निर्माण हुनेछ। चीनतर्फ आवश्यक अध्ययन अगाडि बढाइने छ।
यसअघि नुवाकोटको रातमाटे हुँदै चीनको केरुङ जोड्ने गरी चार सय केभी क्षमताको प्रसारण लाइन निर्माणका सम्बन्धमा आवश्यक प्रक्रिया अगाडि बढाइएको थियो। नेपालले दुई फरक प्रकृतिका ४०० केभी र २२० केभी क्षमताका प्रसारण प्रणालीको अध्ययन गरेको थियो।
नेपालतर्फ सबै अध्ययन भए पनि चीनतर्फ भने अध्ययन नसकिएकाले यसपटक आवश्यक अध्ययन अगाडि बढाउने गरी समझदारी भएको छ। पछिल्लो समझदारीले दुई देशबीच प्रसारण सञ्जाल निर्माण प्रक्रिया अगाडि बढ्ने ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले जानकारी दिए।
समझदारीअनुसार चिनियाँ प्राविधिक अध्ययनका लागि नेपाल आउने छन्। नेपालका तर्फबाट यसअघि भएका अध्ययनका आधारमा चिनियाँ प्राविधिकले थप अध्ययन गर्ने र निर्माणको प्रक्रिया थाल्ने सचिव घिमिरेको भनाइ छ। चीनमा रहेका सचिव घिमिरेले भने, “प्रसारण लाइन निर्माणका सम्बन्धमा आवश्यक समझदारी भएको छ। यो आफैँमा महत्त्वपूर्ण छ।”
रसुवाको चिलिमेमा हाल उच्च क्षमताको सबस्टेशन निर्माण अन्तिम चरणमा छ। सो सबस्टेशनमा रसुवागढी, साञ्जेनलगायतका आयोजनाको बिजुली जोडिने छ।
दुई देशबीच ऊर्जा क्षेत्रमा दीर्घकालीन सहकार्य गर्ने उद्देश्यका साथ ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति र सहसचिवस्तरीय संयुक्त कायर्यदलसमेत क्रियाशील रहेको जनाइएको छ।
कोरोनालगायतका कारणले ती संयन्त्रको बैठक नियमित बस्न सकेको थिएन। प्रधानमन्त्री दाहालको भ्रमणपछि ती संयन्त्रको बैठकसमेत नियमित अगाडि बढ्ने समझदारीमा उल्लेख छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
