अजरबैजानका राष्ट्रपति इल्हाम अलीयेभले द्वन्द्वग्रस्त नागोर्नो–काराबाख क्षेत्रका आर्मेनियालीहरूको अधिकारको रक्षा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
अजरबैजानको नागोर्नो–काराबाखस्थित इन्धन डिपोमा विस्फोट हुँदा २० जनाको मृत्यु भएको छ। घटनामा ३०० जनाभन्दा बढी घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन्।
अजरबैजानी सेनाको कारबाहीबाट जोगिन हजारौँ आर्मेनियाली उक्त क्षेत्रबाट भागेका बेला यो घटना भएको हो। घटनास्थलमा १३ वटा र थप सात जनाको उपचारका क्रममा मृत्यु भएको हो।
अस्पतालमा उपचाररत अधिकांश घाइतेको अवस्था चिन्ताजनक रहेको बीबीसीले जनाएको छ। अजरबैजानले १० महिनादेखि इन्धन आपूर्तिमा अवरोध गरेको बेला उक्त डिपोमा इन्धन पाइने आसमा लामबद्ध भएका उपभोक्ता विस्फोटमा परेका हुन्।
यसैबीच, नागोर्नो काराबाख क्षेत्रका १३ हजार ५०० आर्मेनियाली शरण खोज्दै येरेभान आएका सरकारी अधिकारीहरूले बताएका छन्। अजरवैजानी सेनाबाट असुरक्षा महसुस गर्दै सोमबार राति ७०० भन्दा बढीले रुसी शान्ति सेनाको शिविरमा आश्रय लिएका थिए।
अजरबैजानका राष्ट्रपति इल्हाम अलीयेभले द्वन्द्वग्रस्त नागोर्नो–काराबाख क्षेत्रका आर्मेनियालीहरूको अधिकारको रक्षा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
