राष्ट्रियसभाको बैठक फेरि सर्‍यो

यसअघि १२ असोजमा बस्ने तय भएको बैठक मंगलबार संघीय संसद सचिवालयले एक सूचना जारी गरी असाेज १८ गतेका लागि बस्ने जानकारी दिएको छ। 

काठमाडाैँ– राष्ट्रियसभाको बैठक फेरि सारिएको छ। 

यसअघि असोज १२ गते बस्ने तय भएको बैठक मंगलबार संघीय संसद सचिवालयले एक सूचना जारी गरी असाेज १८ गतेका लागि बस्ने जानकारी दिएको छ। 

१२ असोजमा विशेष कारणले बैठक बस्न नसक्ने भन्दै राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले १८ गते दिउँसो ०१ : १ बजे बस्ने गरी बैठक तोकेको संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले जानकारी दिएका हुन्।