मेन्छियाम र मनकामना इन्जिनियरिङ हाइड्राेपावरकाे शेयर १० प्रतिशतले बढेकाे छ।
काठमाडाैँ– शेयर कारोबार मापक नेप्से परिसूचक साताकाे तेस्राे दिन बढेकाे छ। आइतबार र साेमबार घटेकाे नेप्से मंगलबार १८.४५ अंकले बढेर २०२२.९१ बिन्दुमा पुगेकाे छ।
होटल र पर्यटनबाहेक अरू सबै समूहको शेयरबढेको छ। जलविद्युत् समूहको उच्च अंकले उकालो लागेको छ।
बजार बढेको दिन मेन्छियाम र मनकामना इन्जिनियरिङ हाइड्राेपावरकाे शेयर १० प्रतिशतले बढेकाे छ। यस्तै, शुभम् पावर, मोलुङ हाइड्रोपावर, स्वाभिमान लघुवित्त र घलेम्दी हाइड्राे कम्पनीको शेयर ९ प्रतिशत भन्दा धेरैले बढेको छ। समग्रमा बजार बढेको दिन सबैभन्दा धेरै हिमालयन लघुवित्त र थ्री स्टार हाइड्रोको शेयर साढे ५ प्रतिशतभन्दा धेरैले घटेको छ।
मंगलबार ८७ लाख ४ हजार कित्ता शेयर २ अर्ब ९ करोड ३८ लाख रुपैयाँमा कारोबार भएका छन्। सबैभन्दा धेरै एनआईसी एसिया बैंकको ८ करोड ३४ लाख रुपैयाँको शेयर किनबेच भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
