प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा बाेल्दै कार्यवाहक महालेखापरीक्षक महेश्वर काफ्लेले संसदले बनाएको कानूनको पालना नहुँदा सरकारको बेरुजु बढेको बताएका छन्।
काठमाडाैँ– महालेखा परीक्षकको कार्यालयका कार्यवाहक महालेखापरीक्षक महेश्वर काफ्लेले संसदले बनाएको कानूनको पालना नहुँदा सरकारको बेरुजु बढेको बताएका छन्।
मंगलबार प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा बोल्दै महालेखा परीक्षक काफ्लेले यस्तो बताएका हुन्। उनले सरकारका लेखा उत्तरदायी अधिकृतहरूले संसदले कानून, नीति कार्यक्रम, कार्यान्वयन गर्न बसेको मन्त्रालयको सचिव, लेखा उत्तरदायी अधिकृत र मातहतका संयन्त्रहरूले कानूनहरू पालना नगर्दा समस्या सिर्जना भएको बताए। उनले भएको कानूनहरू पालना नभएको काम अडिटरहरूले बेरुजु प्रतिवेदनमार्फत बाहिर ल्याइदिएको दाबी गरे।
संसदले पास गरिदिएको बजेट, ऐन कानून अनुसार खर्च हुन नसक्दा समस्या भइरहेको उनकाे भनाइ छ। यस्तै, राज्यकोषको पैसा एक रुपैयाँ पनि नियमविपरीत खर्च गर्न नपाउने भन्दै पछिल्लो समय एक वर्षमा १ खर्ब १९ अर्ब रुपैयाँको नियमविपरीत भइरहेको बताए। यस्तो हुँदा पनि लेखा उत्तरदायी अधिकृत अहिले पनि खुला रूपमा हिँडिरहेको बताए। संसदले निर्देशन दिँदा पनि सुधार नभएकाे उनले गुनासाे गरे।
"यहाँ कानूनको पालनामा भएको कमजोरीले गर्दा बेरुजु बढिरहेको छ। अडिटरहरूले कानूनमा भएको कमजोरी संसदमा ल्याइ दिएको छ। संसदले निर्देशन दिएको छ। तर लेखा उत्तरदायीले काम गर्दैन," उनले भने "महालेखापरीक्षकको कारणले समस्या भएको होइन। संसदले पास गरेको कानून, नीति कार्यक्रम,कार्यान्वयन गर्न बसेको मन्त्रालयको सचिव, लेखा उत्तरदायी अधिकृत र मातहतका संयन्त्रहरूले कानूनहरू पालना नगर्दा समस्या सिर्जना भएको हो। त्यो नभएको काम अडिटरहरूले प्रतिवेदनमार्फत बाहिर ल्याइदिएको हो।"
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
