आफ्नै पार्टीको प्रधानमन्त्री र गृहमन्त्री हुँदासमेत चिकित्सकमाथिको हातपात बढीरहेकाले याे कुरा सह्य नभएको भन्दै उनले पार्टी परित्याग गरेका छन्। यहीबीच अस्पतालले पनि विज्ञप्ति जारी गरेकाे छ।
कास्की– मणिपाल घटनापछि माओवादी स्वास्थ्य विभागबाट मणिपाल अस्पतालमा कार्यरत डाक्टर दीपकप्रसाद कोइरालाले राजीनामा दिएका छन्। उनले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र पार्टी स्वास्थ्य विभाग प्रमुखलाई पत्र लेख्दै साधारण सदस्यसमेत नरहने गरि आफूले राजीनामा दिएको जानकारी गराएका छन्।
आफ्नै पार्टीको प्रधानमन्त्री र गृहमन्त्री हुँदासमेत चिकित्सकमाथिको हातपात बढीरहेकाले याे कुरा सह्य नभएको भन्दै पार्टी परित्याग गरेको उनले बताएका छन्। राजीनमा पत्रमा विना आरोप नेपाल प्रगतिशील चिकित्सक संघ गण्डकी प्रदेशका अध्यक्षलाई हिरासतमा राख्नु लज्जास्पद विषय रहेको उनको टिप्पणी छ। २०६३ सालदेखि पार्टीको साधारण सदस्यता लिएका कोइराला नेपाल प्रगतिशील चिकित्सक संघ गण्डकी प्रदेशको संयोजक रहिसकेका छन्। पार्टीको केन्द्रीय स्वास्थ्य विभागको सदस्य रहेका कोइरालाले पार्टीको आबद्धता त्यागे पनि मालेमावादप्रति सदैव आस्था रहेको उल्लेख गरेका छन्।
याे पनि: मणिपालमा बिरामीको मृत्युपछि किन निम्तियो तनाव?
मणिपाल अस्पतालमा उपचाररत लमजुङकी सुकमाया दुराकाे साेमबार निधन भएपछि अवस्थामा अवस्था तनावपूर्ण भएकाे थियाे। आफन्तले आक्रमण शुरू गरेपछि चिकित्सक र कर्मचारीले पनि प्रतिकार गरेका थिए। त्यसक्रममा अस्पतालका झ्यालका सिसा फुटेका छन्।
मणिपाल अस्पतालले पनि विज्ञप्ति जारी गर्दै उपचारमा संलग्न डाक्टरमाथि सांघातिक आक्रमण भएकाे भन्दै गम्भीर आपत्ति जनाएकाे छ। गम्भीर अवस्थामा अस्पताल ल्याइएका बिरामीलाई चिकित्सकहरूकाे अथक प्रयासका बाबजुद पनि बचाउन नसकेकाे विज्ञप्तिमा उल्लेख छ। बिरामीकाे मृत्यु भएपछि अन्य कुनै कुण्ठित उद्देश्य लिएर चिकित्सकमाथि आक्रमण गर्ने कार्य निन्दनीय भएकाे अस्पतालले जनाएकाे छ। साथै, अपराधीलाई कारबाही गर्न स्थानीय प्रशासन र प्रहरीसँग अस्पतालले माग गरेकाे छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
