महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले डा.गाैरीशंकरलाल दासलाई राष्ट्रका तर्फबाट उच्च सम्मान, मासिक वृत्ति तथा सम्मानजनक जीवनयापनका लागि सरकारले आवश्यक प्रबन्ध गर्ने बताएका छन
काठमाडौँ– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले डा.गाैरीशंकरलाल दासलाई राष्ट्रका तर्फबाट उच्च सम्मान, मासिक वृत्ति तथा सम्मानजनक जीवनयापनका लागि सरकारले आवश्यक प्रबन्ध गर्ने बताएका छन्।
मंगलबार काठमाडौँमा आयोजित दिव्य शताब्दीपुरुष डा.गाैरीशंकरलाल दास जन्मशताब्दी वर्ष २०८० अभिनन्दन समारोहलाई सम्बोधन गर्दै उनले डा. दासले नेपाली समाजका विविध आयाममा योगदान गरेको भन्दै उनको सम्मानजनक जीवनयापनका लागि मन्त्रालय र सरकारको तर्फबाट पहल भइरहेको बताए ।
उनले भने, "डा. गाैरीशंकरलाल दासले आफ्नो योगदानबाट नेपाली समाजका विविध आयाममा योगदान गर्नुभएको छ । उहाँलाई राष्ट्रका तर्फबाट उच्च सम्मान, मासिक वृद्धिदर तथा उहाँको सम्मानजनक जीवनयापनका लागि सरकारले आवश्यक प्रबन्ध गर्ने व्यहोरा जानकारी गराउन चाहन्छु । यसका लागि मन्त्रिपरिषद्बाट गरिने निर्णयका लागि आवश्यक प्रक्रिया मेरो मन्त्रालयबाट अगाडि बढिसकेको छ।"
यस्तै, उनले विगतमा सरकारले राष्ट्रका लागि महत्वपूर्ण योगदान पुर्याउने विशिष्ट व्यक्तित्वहरू माधव घिमिरे र सत्यमोहन जोशीलाई सम्मान गरेको भन्दै डा.लालदासलाई पनि राज्यबाट सम्मान प्रदान गर्ने प्रतिबद्धता जनाए। उनले डा. गाैरीशंकरको जन्मको अवसरमा आयोजित कार्यक्रमहरूमा सहकार्य गर्न महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय प्रतिबद्ध रहेको पनि बताए।
काठमाडौँ महानगरपालिकाको सहकार्यमा दिव्य शताब्दी पुरुष डा. गौरीशङ्करलाल दास जन्म शताब्दी वर्ष मूल समारोह समितिकातर्फबाट उनलाई अभिनन्दन गरिएको हो। नेपालको चिकित्सा सेवा, नेपाल रेडक्रस सोसाइटी, मानव अधिकार, समाजसेवा, व्यवस्थापन, प्रशासन र सुशासनको क्षेत्रमा मुलुकलाई अतुलनीय योगदान पुर्याएकामा डा. दासलाई गत भदौ ३० गते नागरिक समाजको तर्फबाट दिव्य शताब्दी पुरुषको उपाधि प्रदान गरिएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
