भक्तपुर, बाँके, पर्सालगायतका जिल्लास्थित बालसुधार गृहमा विभिन्न विषयलाई लिएर तोडफोड तथा झडप भएपछि त्यहाँकाे अवस्था बुझ्न आयाेगले अनुगमन थालेकाे हाे।
काठमाडौँ– राष्ट्रिय मानवअधिकार आयोगले देशभरका बालसुधार गृहको अनुगमन प्रारम्भ गरेको जनाएको छ। आयोगले हालै भक्तपुर, बाँके, पर्सालगायतका जिल्लास्थित बालसुधार गृहमा विभिन्न विषयलाई लिएर भएका तोडफोड, झडप र उक्त घटनाबाट बालसुधार गृहका बालकको मृत्यु भएको एवं केही बालक घाइते भएको घटनाको अनुगमन प्रारम्भ गरेको हो।
आयोगले मोरङ, पर्सा, मकवानपुर, भक्तपुर, कास्की, रुपन्देही, बाँके र डोटी जिल्लाका आठवटै बालसुधार गृहहरूको अवस्था अनुगमन गरी यथाशीघ्र प्रतिवेदन पेस गर्नका लागि आयोगका सबै प्रदेश तथा प्रदेश शाखा कार्यालयलाई पत्राचार गरेको छ।
भक्तपुरको मध्यपुरस्थित बालसुधार गृहभित्र सामान्य बिरामी परेका कमल बस्नेतको उपचार अभावमा गत भदौ ३ गते मृत्यु भएको र उक्त विषयलाई लिएर बालसुधार गृहका बालकको समूहले ढुंगामुढा तथा तोडफोड गरी सुधार गृहबाट भागेका थिए। बाँकेको डुडुवा गाउँपालिकामा रहेको बालसुधार गृहमा केही दिन अघि दुई समूहबीच झडप हुँदा गम्भीर घाइते भएका रुपन्देहीका सुलभ केसीको उपचारका क्रममा मृत्यु भएको र अन्य १० जना घाइते भएको विभिन्न माध्यमबाट आयोगलाई जानकारी प्राप्त भएको आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले बताए।
त्यसैगरी, पर्सा र कास्कीस्थित बालसुधार गृहमा समस्या देखिएको आयोगले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
