आगलागी भएपछि कम गुणस्तरको निर्माण सामग्रीले बनेको विवाह समारोह आयोजना गरिएको हलको छत नै खस्दा दुर्घटना भएको अधिकारीहरूले बताएका छन्।
कम गुणस्तरको निर्माण सामग्रीले बनेको विवाह समारोह आयोजना गरिएको हलको छत नै खस्दा दुर्घटना भएको अधिकारीहरूले बताएका छन्।
उत्तरी इराकी सहर काराकोशस्थित एउटा विवाह समारोहमा आगलागी हुँदा कम्तीमा १०० जनाको मृत्यु भएको छ। उक्त घटनामा १५० भन्दा बढी घाइते भएको बुधबार समाचार संस्था एएफपीले जनाएको छ।
आगलागी भएपछि कम गुणस्तरको निर्माण सामग्रीले बनेको विवाह समारोह आयोजना गरिएको हलको छत नै खस्दा दुर्घटना भएको अधिकारीहरूले बताएका छन्। इराकी स्वास्थ्य मन्त्रालयका प्रवक्ता सैफ अल–बद्रले पनि मृतकको उक्त संख्या पुष्टि गरेका छन्।
अधिकांश बिरामी जलेका, अक्सिजन अभावका कारण श्वासप्रश्वासमा समस्या भएका तथा केही भने भीडले कुल्चिँदा घाइते भएका छन्। उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
मंगलबार साँझ उक्त दुर्घटना भएको हो। आगलागी के कारणले भएको हो भन्ने अहिलेसम्म थाहा हुन सकेको छैन। प्रारम्भिक विवरणअनुसार पटाका पड्काउँदा आगलागी भएको बताइएको छ।
दुलहा र दुलही पनि आगोको चपेटमा परे वा नपरेको केही जानकारी प्राप्त नभएको समाचारमा उल्लेख छ। दुवै जनाले नाच्न थालेपछि आगो सल्किएको जनाइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
