विनोद चौधरीको कम्पनी सीजी र उसको शेयर रहेका अन्य कम्पनीहरूले पनि आयकर छलेको आरोपमा छानबिन भइरहेको समाचार भारतीय सञ्चारमाध्यमहरूले लेखेका छन्।
काठमाडौँ– भारतको राजस्थान राज्यमा पर्ने जयपुर जिल्लास्थित उद्योगपति विनोद चौधरीको सीजी कर्प ग्लोबलको कार्यालयसहित विभिन्न पाँच स्थानमा त्यहाँको आयकर विभागले छापा मारेको छ।
आयकर छली बारेमा आसाम प्रदेशको गुवाहाटीमा कार्यालय रहेको आयकर विभागले जयपुरकै दौसा, सिकर लगायतका स्थानबाट छापा मार्न शुरू गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
जयपुरको तख्तेशाही मार्गस्थित कांस्टियो लेनमा रहेको कम्पनीको कार्यालयमा मंगलबार बिहान विभागको टोलीले छापा मारेको हो। विनोद चौधरीको सीजी कर्प्स र उसको शेयर रहेका अन्य कम्पनीहरूले पनि आयकर छलेको आरोपमा छानबिन भइरहेको समाचार भारतीय सञ्चारमाध्यमहरूले लेखेका छन्।
समाचारहरूमा जनाइएअनुसार आसामसहित पश्चिम बंगाल, सिक्किम, राजस्थानलगायतका राज्यहरूमा रहेका चौधरीको कम्पनीमा पनि विभागले छानबिन गरिरहेको छ। चौधरी ग्रुप राजस्थानको अजमेर जिल्लाको रुपनगढमा रहेको ग्रीनटेक मेगा फुड पार्कको प्रमुख प्रवर्द्धक हो र यसमा चौधरी ग्रुपको सबभन्दा ठूलो हिस्सा रहेको छ। आयकर विभागको टोलीले ग्रीनटेक मेगा फुड पार्कको अन्य प्रवर्द्धक कम्पनीमा पनि छापा मारेको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
