वसन्तपुर दरबार क्षेत्रमा सामूहिक कुमारी पूजा (तस्वीरहरू)

महिनावारी शुरू नभएका बालिकाहरूलाई वैदिक परम्पराअनुसार सामूहिक कुमारी पूजा गरिएको हो।

काठमाडाैँ– वसन्तपुर दरबार क्षेत्रमा सामूहिक कुमारी पूजा गरिएको छ। इन्द्रजात्रा शुरू भएको भोलिपल्ट अर्थात् बुधबार सामूहिकरूपमा कुमारी पूजा गरिएको हो। 

तलेजु भवानी मन्दिर अगाडि महिनावारी शुरू नभएका बालिकाहरूलाई वैदिक परम्पराअनुसार सामूहिक कुमारी पूजा गरिएको हो। ५०४ जना कुमारीको पूजा गरिएको छ। यसरी सामूहिक कुमारी पूजा गर्नाले सुख–शान्ति र समृद्धि प्राप्त हुने धार्मिक मान्यता रहेको छ।

नेवार समुदायमा ईही (बेल विवाह) नगरेको २ वर्षदेखि ८ वर्ष उमेर समूहका बालिकाहरूलाई कुमारीका रूपमा पूजा गर्ने प्रचलन रहेको छ।