वंश विस्तारको योजनाअनुसार कोशीटप्पु पुर्याइएका दुई पोथी गैँडा प्रजननयोग्य भएपछि भाले गैँडा ल्याइने आरक्षको कार्यालयले जनाएको छ।
चितवन– चितवनका दुई पोथी गैँडा पुष्पा र अञ्जली कोशीटप्पुमा स्थानान्तरण गरिएको छ। चितवन राष्ट्रिय निकुञ्जबाट लगिएका पुष्पा र अञ्जलीलाई बुधबार कोशीटप्पु वन्यजन्तु आरक्षमा स्थानान्तरण गरिएको हो।
पुष्पा र अञ्जलीलाई चितवनबाट दुई अलग खोरमा राखेर कोशीटप्पु पुर्याइएको थियो। जसलाई वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतोसहित विभागका कर्मचारीको उपस्थितिमा आरक्ष कार्यालयलाई हस्तान्तरण गरिएको छ। कोशीटप्पु पुर्याइएका पुष्पा र अञ्जलीलाई बस्नको लागि आरक्ष हातामा १६ फिट अग्लो र ८५ फिट लामो इन्क्लोजर निर्माण गरिएको छ। पानीसहितको घाँसे मैदान क्षेत्रमा रहने गैँडा आरक्ष सुरक्षामा खटिएको नेपाली सेनाको प्रत्यक्ष निगरानीमा रहनेछन्।
कोशीटप्पु पुर्याइएका पुष्पा र अञ्जली दुवै टुहुरा बच्चा हुन्। उनीहरू दुवैको बच्चा अवस्थामा उद्धार गरिएको थियो। सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यालयमा मानिसको माया र ममतासँगै हुर्किएर बढेकी पुष्पाको उमेर ३ वर्ष ८ महिना र अञ्जलीको उमेर २ वर्ष ५ महिनाको रहेको छ। वंश विस्तारको योजनाअनुसार कोशीटप्पु पुर्याइएका दुई पोथी गैँडा प्रजननयोग्य भएपछि भाले गैँडा ल्याइने आरक्षको कार्यालयले जनाएको छ।

आरक्षका प्रमुख संरक्षण अधिकृत रमेश यादवका अनुसार पोथी गैँडा ४ वर्ष र भाले गैँडा ६ वर्ष पुगेपछि प्रजनन योग्य हुन्छन्। पुष्पा र अञ्जलीलाई छोड्न वन तथा वातावरणमन्त्री डाक्टर महतो कोशी टप्पु पुगेका थिए। उनले मानिससँगको घुलमिल रुचाउने पुष्पा र अञ्जलीका लागि कोशीटप्पु उपयुक्त बासस्थान भएको बताए। मन्त्री महतोकाअनुसार आरक्षमा लगिएका दुई पोथी गैँडा वंश विस्तारका लागि ल्याइएको हो। केही समयमै काठमाण्डौँबाट भाले गैँडा कोशीटप्पु ल्याइने समेत उनले जानकारी दिए।
मन्त्री महतोले कोशीटप्पुलाई अर्नासँगै हात्ती र गैँडा अवलोकनसमेतको आकर्षक गन्तव्य बनाउने सरकारको योजना रहेको बताए। उनले आरक्षमा छिट्टै बाघसमेत स्थानान्तरण गरी ल्याउने बताए। उनका अनुसार बाघ ल्याउन वातावरणीय अध्ययनको काम थालिएको छ।
कोशीटप्पुबाट २०७३ सालमा वंश विस्तारका लागि भन्दै १२ वटा अर्ना चितवन राष्ट्रिय निकुञ्ज पठाइएका थिए। सोही क्रममा अर्नाको सट्टामा गैँडा दिइने बताइएको थियो। सोही अनुरूप निकुञ्जमा हुर्किएका पुष्पा र अञ्जलीलाई कोशी टप्पुमा स्थानान्तरण गरिएको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
