१८.६० अंकले घट्याे शेयर बजार

आइतबार र साेमबार घटेर मंगलबार बढेकाे नेप्से फेरि बुधबार दोहाेराे अंकले घटेकाे हाे।

काठमाडाैँ– शेयर कारोबार मापक नेप्से परिसूचक बुधबार १८.६० अंकले ओरालाे लागेकाे छ। आइतबार र साेमबार घटेर मंगलबार बढेकाे नेप्से फेरि बुधबार दोहाेराे अंकले घटेर दुई हजार चार दशमलव ३० विन्दुमा पुगेकाे छ। 

धेरै समूहकाे शेयर घट्दा शेयर बजार राताम्मे बनेकाे छ। सबैभन्दा धेरै लक्ष्मी भ्यालु फन्ड-२ र शुभम पावरकाे शेयर घटेकाे छ। दुवै समूहकाे शेयर १० प्रतिशतले घटेकाे हाे। धेरै समूहकाे शेयर राताम्य हुँदा केही हाइड्राेपावर कम्पनीकाे शेयर बढेकाे छ। मनकामना हाइड्राेकाे शेयर १० प्रतिशतले बढेकाे छ। यस्तै, एशियन हाइड्रोपावर र मोलुङ हाइड्रोपावर कम्पनीको शेयर झन्डै आठ प्रतिशतले बढेको छ।

बुधबार ७० लाख ६१ हजार कित्ता शेयर एक अर्ब ८१ करोड ४३ लाख रुपैयाँमा कारोबार भएका छन्। सबैभन्दा धेरै सन नेपाल लाइफ इन्सुरेन्स कम्पनीको सात करोड ६२ लाख रुपैयाँको शेयर किनबेच भएको छ।