सुन आयातको कोटा बढ्यो, दैनिक २० किलाे आयात गर्न पाउने

यस्तै, बैंकबाट सुन खरिद गर्ने सुन व्यवसायीहरूले उक्त सुन बिक्री तथा आफूले उपयाेग गरेकाे विवरण महिना सकिएकाे ७ दिनभित्र सम्बन्धित बैंकमा बुझाउनुपर्नेछ।

काठमाडाैँ– नेपाल राष्ट्रबैंकले सुन आयातको कोटा बढाएको छ। राष्ट्रबैंकले बुधबार परिपत्र जारी गर्दै वाणिज्य बैंकहरूका लागि दैनिक १० किलो रहेको सुन आयातको कोटा बढाएर २० किलो कायम गरेको जनाएको हो। 

कुनै महिनामा दैनिक आयात नभएको सुन परिमाणभन्दा कम आयात गरेमा अर्को महिनामा अघिल्लो बाँकी परिमाण आयात गर्न नपाइने राष्ट्रबैंकले जनाएको छ। यस्तै, बैंकबाट सुन खरिद गर्ने सुन व्यवसायीहरूले उक्त सुन बिक्री तथा आफूले उपयाेग गरेकाे विवरण महिना सकिएकाे ७ दिनभित्र सम्बन्धित बैंकमा बुझाउनुपर्नेछ।

विशेषगरी चाडपर्वका बेला दैनिक १० केजी सुनले माग धान्न नसक्ने भन्दै सुनचाँदी व्यवसायीहरुले कोटा बढाउन माग गर्दै आएका थिए ।