सोमबार नेप्सेका १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ३.१३ प्रतिशत बढेको छ।
काठमाडौँ- साताको दोस्रो कारोबार दिन नेप्से परिसूचकमा वृद्धि भएको छ।
सोमबार नेप्से परिसूचक २१.२६ अंक बढेर १९०४.४३ बिन्दुमा बन्द भएको हो। त्यस्तै, सेन्सेटिभ इन्डेक्स ४.५० अंकले बढेको छ भने फ्लोट इन्डेक्स १.३० अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.४९ अंकले बढेको छ।
सोमबार कारोबारमा आएको २२६ कम्पनीको २४ लाख ५२ हजार कित्ता सेयर ९४ करोड ६० लाख ८९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। आइतबारको तुलनामा सोमबार कारोबार रकम पनि बढेको छ। सोमबारमा ७७ करोडको सेयर खरिदबिक्री भएको थियो।
सोमबार नेप्सेका १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ३.१३ प्रतिशत बढेको छ। त्यस्तै, विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ।
नेप्से परिसूचक बढेसँगै तारागाउँ रिजेन्सी होटलको सेयर मूल्य ९.८४ प्रतिशत बढेको छ।
त्यसैगरी, सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य ८.३९ प्रतिशत बढेको छ भने बुद्धभूमि नेपाल हाइड्रोपावरको सेयर मूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ। सोमबारको शिवम सिमेन्ट्सको कारोबार १० करोडभन्दा बढीको सेयर खरिदबिक्री भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
