अनौठो हरकत गरिरहेका भेडाहरूलाई के भएछ भनेर बुझ्दै जाँदा बल्ल गोठालाले कारण थाहा पाए।
ग्रीसको एक गाउँमा आफ्ना भेडाहरूले अनौठो व्यवहार गर्न थालेपछि गोठालालाई अचम्म लाग्यो। अनौठो हरकत गरिरहेका भेडाहरूलाई के भएछ भनेर बुझ्दै जाँदा बल्ल ती गोठालाले कारण थाहा पाए।
भोकाएका भेडाको बथानले नजिकैको गाउँमा लगाइएकाे गाँजा खेती सखाप पारेका रहेछन्। तातो हावा (लू) र दुई हप्ताअघि डेनियल नामक चक्रपातका कारण ग्रीसमा आएको बाढीले त्यहाँको चरनक्षेत्र सबै बगाएपछि हरियो घाँस नपाएर व्याकुल थिए भेडाहरू। केन्द्रीय ग्रीसको थेसाली क्षेत्रमा घाँसको खोजीमा डुलिरहेका भेडाको बथानको नजर नजिकैको हरीतगृहमा पर्याे।
भित्र गाँजाको हरियाली देखेपछि भेडाको बथानले घेरबार नाघे र मस्तसँग हरियो गाँजा खान थाले। औषधिको लागि उमारिएको झन्डै तयारी अवस्थामा रहेको गाँजा खेतीमा मस्तसँग भुले। भेडाको बथानले एकसय किलो भन्दा बढी गाँजा खाएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
गाँजाखेतीका मालिकले आफूलाई हाँस्नु न रुनु भएको बताएका छन्। उनले भनेका छन्, "लूका कारण हामीले धेरै मात्रामा उत्पादन गुमाएका छौँ। यस्तै बाँकी रहेको सबै बाढीले लग्यो।"
निकै मिहिनेत गरेर जोगाएर राखेको गाँजा अहिले आएर भेडाको बथानले सखाप पारेपछि उनी निराश बनेका छन्। उनले भने, "अब के भन्ने, मलाई केही थाहा छैँ।"
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
