बिहीबार कुन–कुन प्रदेशमा हुनेछ वर्षा?

कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी भूभागको मौसम आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा सामान्यतया सफा रहनेछ। 

काठमाडौँ– मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ। 

जसको प्रभावले देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी भूभागको मौसम आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा सामान्यतया सफा रहनेछ। 

कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी भूभागका थोरै र बाँकी भूभागको केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। 

राति कोशी, बागमती र गण्डकीमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशको मौसम सामान्यतया सफा रहनेछ। 

कोशी, गण्डकी र बागमतीका थोरै र बाँकी प्रदेशका केही स्थानमा हल्का वर्षा हुने महाशाखाले जनाएको छ।