२०७४ सालदेखि शुरू भएको अस्पतालको ५० शय्या क्षमताको भवन निर्माण पूरा नहुँदा अस्थायी टहराबाट सेवा सञ्चालन गरिएको छ।
म्याग्दी– बेनी अस्पताल जनशक्ति र पूर्वाधार अभावको चपेटामा परेको छ। छ वर्षदेखि टहरामा सञ्चालन भएको अस्पतालमा विभिन्न तहका ५९ जनाको दरबन्दी रहेकामा हाल १७ जना मात्र कार्यरत छन्।
“अस्पतालले अहिले १५ शय्याको दरबन्दीबाट ७८ शय्या बराबरको सेवा सञ्चालन गर्नुपरेको छ,” अस्पतालका प्रमुख डा. अन्जु थापा भन्छिन्, “म्याग्दीलाई दुर्गम मानेर आउन चिकित्सक र स्वास्थ्यकर्मी आउन मान्दैनन्। आए पनि धेरै नटिक्ने समस्या छ। कार्यरत स्वास्थ्यकर्मीमा कामको बोझ छ।”
२०७४ सालदेखि शुरू भएको अस्पतालको ५० शय्या क्षमताको भवन निर्माणले पूर्णता: नपाउँदा अस्थायी टहराबाट सेवा सञ्चालन गरिएको छ। नयाँ भवन निर्माणमा भएको ढिलाइका कारण छरिएका भवनमा काम गर्दा स्वास्थ्यकर्मीलाई कार्यबोझ भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदीले बताए।
“जनशक्ति अभावको समस्या समाधानका लागि ४९ जनाको दरबन्दी सिर्जना गरेर जनशक्ति पदपूर्ति गर्न विज्ञापन गरे पनि केही पदमा आवेदन नै परेको छैन,” उनले भने, “सीमित जनशक्ति र पूर्वाधारको अधिकतम परिचालन गरेर सेवा प्रवाहलाई व्यवस्थित बनाउने प्रयासमा छौँ।”
जनशक्ति अभावका कारण सघन उपचार कक्ष (आईसीयू) सञ्चालन हुन सकेको छैन। एक्सरे, रेडियोग्राफर र यूएसजी मेसिन चलाउने चिकित्सक खोज्दा आवेदन नै नपरेको प्रमुख डा. थापाले बताइन्। दैनिक २०० देखि २५० जनाले अन्तरंग विभागबाट सेवा लिने अस्पतालमा चारदेखि पाँच जना मात्र चिकित्सक नियमित हुन्छन्।
प्रसूति रोग विशेषज्ञसमेत रहेकी अस्पतालका प्रमुख थापा तालिम, बैठकमा जिल्ला बाहिर जाँदा र बिदा बसेको समयमा शल्यक्रियामार्फत गरिने प्रसूति सेवा लिन आएकालाई बागलुङ र पोखरा पठाउने गरिएको छ। अस्पतालले पछिल्लो एक वर्षयता मानसिक रोग, ज्येष्ठ नागरिक, फिजियोथेरापी र अत्याधुनिक एक्सरे सेवा विस्तार गरेको छ।
अस्पतालले अन्तरंग र बहिरंग विभागका अलावा शल्यक्रियामार्फत प्रसूति, एपेन्डिसाइटिस, हर्नियाको उपचार, हाडजोर्नी, दन्त, आँखा, बच्चा उपचार कक्ष, हिंसा प्रभावितका लागि अल्पकालीन सेवा केन्द्र, डायलासिस सेवा सञ्चालन गर्दै आएको छ।
बेनी नगरपालिकाका प्रमुख सुरत केसीले म्याग्दीका साथै छिमेकी पर्वतको जलजला गाउँपालिकाका सर्वसाधारणले पनि सेवा लिने बेनी अस्पतालको निर्माणाधीन भवनलाई पूर्णता दिन, दरबन्दीअनुसारका जनशक्तिको व्यवस्था गरेर सेवालाई प्रभावकारी बनाउन पहल गर्ने बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
