पाकिस्तानमा ‘रकेट लन्चर’ विस्फोट: ८ जनाको मृत्यु

घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ।

तस्वीर: एएनआई

दक्षिणी पाकिस्तानको दुर्गम गाउँमा ‘रकेट लन्चर’को गोला अचानक विस्फोट हुँदा महिला र बालबालिकासहित कम्तीमा आठ जनाको मृत्यु भएको छ।

सिन्ध प्रान्तमा भएको विस्फोटमा अरू दुई जना घाइते भएको क्षेत्रीय प्रहरी प्रमुख राहिल खोसोले बताए। 

घाइतेलाई उपचारका लागि स्थानीय अस्पतालमा लगिएको छ। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको खोसोले बनाए। 

रकेटमा प्रयोग हुने उक्त बारुदी गोला खेतीयोग्य जमिनमा भेटिएको हो। घटनामामा संलग्नको खोजी भइरहेको र पूर्ण अनुसन्धान शुरू गरिएको प्रहरीले जनाएको छ। 

प्रहरीले हालै कान्धकोट शहरमा लुटेरा र अपराधीहरू रकेट लन्चर र ग्रेनेडलगायत अत्याधुनिक हतियारले सुसज्जित भएको आशंकामा अभियान चलाएको छ।