हरेक वर्ष सेप्टेम्बर २८ मा विश्व रेबिज विरुद्धको दिवस मनाउने गरिन्छ। रेबिज रोकथाम र यस रोगविरुद्ध भइरहेको प्रगतिको जागरूकता जगाउने उद्देश्यले यो दिवस मनाउन थालिएको हो।
काठमाडौँ– विश्व रेबिज विरुद्धको दिवस बिहीबार नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ।
हरेक वर्ष सेप्टेम्बर २८ मा विश्व रेबिज विरुद्धको दिवस मनाउने गरिन्छ। रेबिज रोकथाम र यस रोगविरुद्ध भइरहेको प्रगतिको जागरूकता जगाउने उद्देश्यले यो दिवस मनाउन थालिएको हो।
ग्लोबल एलाइन्स फर रेबिज कन्ट्रोलले सन् २००७ देखि दिवस मनाउन थालेको थियो। नेपालले सन् २०३० सम्ममा रेबिजलाई शून्यमा झार्ने लक्ष्य लिएको छ। तर, पछिल्लो तथ्यांकले यो लक्ष्य सहजै पूरा हुने देखिँदैन।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको २०७९–८०को तथ्यांकअनुसार कुकुरको टोकाइबाट ७५ हजार ५६२ र नौ हजार ९२१ जना अन्य जनावरको टोकाइबाट बिरामी भएका थिए।
आव २०७५–७६ मा ३२ हजार ८८२ जनालाई कुकुरले टोकेको थियो। यो संख्या क्रमशः बढ्दै २०७७–७८ मा ५४ हजार ९९६ जना पुगेको थियो। हरेक वर्ष कुकुरलगायत जनावरको टोकाइबाट हुने बिरामी बढ्दै गएकाले लक्ष्य पूरा गर्न चुनौती रहेको महाखासाको भनाइ छ।
विश्व स्वास्थ्य संगठनका अनुसार रेबिज एक घातक भाइरल संक्रमण हो। जुन छाडा कुकुर, स्याल, चमेरो, न्याउरी मुसो, बाघ, चितुवा र बिरालोजस्ता संक्रमित जनावरको टोकाइबाट सर्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
