बिहीबार बिहान सात बजेतिर नदीमा नुहाउन गएका कैलाली धनगढी– ३ मिलनचोकका पंकज दाहाल र भारत आसामका १९ वर्षीय भोजराज अधिकारी बेपत्ता भएका छन्।
काठमाडौँ– चितवनको देवघाटस्थित नारायणी नदीमा नुहाउने क्रममा दुई जना बेपत्ता भएका छन्।
बिहीबार बिहान सात बजेतिर नदीमा नुहाउन गएका कैलाली धनगढी–३ मिलनचोकका पंकज दाहाल र भारत आसामका १९ वर्षीय भोजराज अधिकारी बेपत्ता भएको चितवनका एसपी रामेश्वर कार्कीले जानकारी दिए।
“उनीहरू देवघाट भ्रमणमा आएका रहेछन्। बिहान अभिभावकलाई छलेर नदीमा नुहाउन जाँदा डुबेर बेपत्ता भएको भन्ने खबर छ,” एसपी कार्कीले भने, “थप जानकारी आउन बाँकी छ।” उनका अनुसार दुवै कैलालीको धनगढीस्थित लक्ष्मीनारायण मन्दिरमा संस्कृत पढ्दै आएका थिए।
उनी सोही मन्दिरको टोलीसँगै देवघाटमा भ्रमणमा आएका थिए। बेपत्ता भएका बालकहरूको खोजीका लागि नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको एसपी कार्कीले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
