सर्लाहीमा चिताबाट शव बरामद, श्रीमान्‌सहित ३ जना पक्राउ

घटना शंकास्पद देखिएपछि प्रहरीले मृतक मृतकका श्रीमान् सुनिल साहसहित परिवारका तीन जनालाई पक्राउ गरेको छ।

काठमाडौँ– सर्लाहीमा जलाउन लागिएको एक विवाहित युवतीको शव प्रहरीले चिताबाट नियन्त्रणमा लिएको छ। 

रामनगर गाउँपालिका–१ खैर्वाककी २१ वर्षीया मनिषा साहको शव नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी दीपेन्द्र पंजियारले बताए।

“कानूनी प्रक्रया पूरा नगरी दाहसंस्कार गर्न लागेको थाहा पाएपछि शव नियन्त्रणमा लिएका हौँ,” उनले भने, “थप अनुसन्धान भइरहेको छ।” 

घटना शंकास्पद देखिएपछि प्रहरीले मृतक मनीषाका श्रीमान् सुनिल साहसहित परिवारका तीन जनालाई पक्राउ गरेको छ।

छारे रोगको बिरामी मनिषाले आत्महत्या गरेको परिवारको दाबी छ। थप कुरा पोस्टमार्टमपश्चात् खुल्ने डीएसपी पंजियारले बताए।