देशका विभिन्न स्थानमा धार्मिक तथा साम्प्रदायिक सद्भाव खल्बल्लिने गतिविधि देखा पर्न थालेको माओवादी केन्द्रको निष्कर्ष छ।
काठमाडौँ– सत्तारुढ नेकपा माओवादी केन्द्रले देशमा धार्मिक तथा साम्प्रदायिक सद्भाव खल्बलिन लागेको भन्दै यसप्रति सचेत हुनुपर्ने निष्कर्ष निकालेको छ।
बिहीबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले देशमा धार्मिक तथा साम्प्रदायिक सद्भाव कायम राख्न पहलकदमी गर्ने निर्णय गरेको हो। देशका विभिन्न भागमा देखा परेको धार्मिक तथा साम्प्रदायिकता खल्बल्लिने गतिविधिबारे बैठकमा छलफल भएको प्रवक्ता अग्निप्रसाद सापकोटा जानकारी दिए।
“देशमा अराजकताको संकेत देखा परेका छन्। त्यसलाई गम्भीरतापूर्वक लिएर समाधान गर्न पहलकदमी लिनुपर्ने निष्कर्ष निकालेका छौँ,” उनले भने, “सामाजिक सद्भाव कायम गर्न सबैले गम्भीरतापूर्वक लाग्नुपर्नेमा बैठकले जोड दिएको छ।”
त्यस्तै, सरकारले आन्दोलनरत राहत शिक्षकसँग संवाद गरी समस्याको समाधान गर्नुपर्ने विषयमासमेत बैठकमा छलफल भएको प्रवक्ता सापकोटाले बताए। संसद्मा दर्ता भएको विद्यालय शिक्षा विधेयकलाई सरोकारवालासँग छलफल गरेर टुंगो लगाउनुपर्ने उनको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
