प्रधानमन्त्री दाहालले गरे कैलाश पर्वत र मानसरोवरको अवलोकन

चीन भ्रमणमा रहे‍को प्रधानमन्त्री दाहालसहितको टोलीले बिहीबार कैलाश पर्वत र मानसरोवरको अवलोकन गरेको छ।

तस्वीर : प्रदीपराज वन्त/रासस

काठमाडौँ– चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार कैलाश पर्वत र मानसरोवरको अवलोकन गरेका छन्।

प्रधानमन्त्री दाहालसँगै चीन भ्रमणमा रहेका भ्रमण दलका सदस्यहरू पनि कैलाश पर्वत पुगेका छन्। उनीहरू बिहीबार ल्हासास्थित गंगा विमानस्थलबाट तिब्बत एयरलाइन्समार्फत तिब्बतस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल कैलाश पर्वत र मानसरोवर अवलोकनका लागि गएका हुन्। 

प्रधानमन्त्री दाहाल बुधबार चीनको बेइजिङबाट तिब्बत आएका थिए। ल्हासामा रहँदा उनले द्विपक्षीय भेटघाट गर्नुका साथै त्यहाँको पोतला दरबार र ऐतिहासिक मन्दिरको अवलोकन गरेका थिए।

प्रधानमन्त्री दाहाल गत शनिबारदेखि चीनको औपचारिक भ्रमणमा रहेका छन्। उनी शनिबार चीनको छेन्दुबाट काठमाडौँ फर्कने तालिका छ।