जनमत पार्टी प्रवक्ता डा. शरदसिंह यादवले २०८४ मा मधेश प्रदेशमा दुई तिहाइ सिट जित्दै बहुमतको सरकार निर्माणको लक्ष्य निर्धारण गरेको बताएका छन्।
काठमाडौँ– जनमत पार्टीले राजनीतिक स्थायित्व दिनका लागि सरकारमा सहभागी भएको दाबी गरेको छ। बिहीबार पत्रकारहरूसँगको छलफलमा जनमत पार्टीका प्रवक्ता डा. शरदसिंह यादवले कसैको पनि बहुमत नभएको अवस्थामा सरकारको स्थायित्वकै लागि वर्तमान सरकारलाई समर्थन गरेको र मन्त्रिपरिषद्मा सहभागी भएको दाबी गरेका हुन्।
“यो सरकारलाई स्थायित्व प्रदान गर्न हामी चैँ सरकारभित्र छौँ। सरकारलाई समर्थन गरिरहेका छौँ,” उनले भने। कोशी प्रदेशमा जस्तो अवस्था केन्द्र सरकारको पनि नहोस् भन्ने धारणाका साथ आफूहरूले सरकारलाई समर्थन गरेको उनको जिकिर छ। त्यस्तै, उनले २०८४ मा मधेश प्रदेशमा दुई तिहाइ बहुमतको सरकार बनाउने लक्ष्य निर्धारण गरेको बताए। आफूहरूले २०८४ मा मधेश प्रदेशमा दुई तिहाइ सिट जित्दै बहुमतको सरकार निर्माणको लक्ष्य निर्धारण गरेको उनको भनाइ छ।
“अहिले पार्टी बन्दै गरेको अवस्थामा हामीले एउटा मिसन ८४ भनेर शुरूआत गरेको अवस्था छ। मिसन ८४ मा के भनेपछि अब आउने दिनमा संगठनको काम गरेर ८४ लाई फोकस गर्ने हो। मधेश प्रदेशमा दुई तिहाइको सरकार, लुम्बिनी प्रदेशमा आफ्नो सरकार, कोशी प्रदेशमा डिसिजन मेकिङ ठाउँमा जनमतलाई पुर्याउने र संघमा पनि हामी एउटा उल्लेख्य संख्याको सांसद लिएर आएर सरकारमा ठूलो सहभागिता लिएर काम गर्ने भन्ने हाम्रो तयारी हो,” उनले भने, “त्यसकै लागि अध्यक्ष अहिले नै सरकारमा गएर मन्त्री बन्न चैँ इच्छुक हुनुहुन्न।”
उनले जनमत पार्टी आमनागरिकसँग गरेका बाचा पूरा गर्ने बाटोमा रहेको पनि जिकिर गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
