एकीकृत समाजवादी अध्यक्ष माधव नेपालले माइतीघर मण्डलमा आन्दोलनरत शिक्षकहरूको न्यायोचित र जायज मागहरू पूरा गर्नुपर्ने बताए।
काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मूल्यवृद्धि नियन्त्रण गर्न सरकारले प्रयत्न नगरेको आरोप लगाएका छन्। बिहीबार पार्टी केन्द्रीय कार्यालय, आलोकनगरमा पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले मूल्यवृद्धि नियन्त्रण गर्न सरकारले राम्रो प्रयत्न नगरेको बताएका हुन्।
उनले दैनिक उपभोग्य वस्तुको अन्धाधुन्ध रूपमा मूल्यवृद्धि भइरहेको बताए। मूल्यवृद्धि हुनुपर्ने कुनै औचित्य नहुँदा पनि मूल्यवृद्धि भइरहेको भन्दै उनले यसतर्फ सरकारको ध्यानाकर्षण गराए। “यसरी अन्धाधुन्ध मूल्यवृद्धि भइरहेको छ, त्यसलाई नियन्त्रण गर्ने सरकारको राम्रो प्रयत्न भइरहेको देखिँदैन,” उनले भने, “थोरै थोरै बढाउनु त एउटा कुरा होला। त्यो बढाउँदा पनि कहीँ छलफल गर्नुपर्ने होला। तर जसरी आफ्नो हिसाबले बढाउने काम भइरहेको छ, यस सन्दर्भमा सरकारको ध्यान हामी पनि आकर्षित गराउन चाहन्छौँ।”
अध्यक्ष नेपालले माइतीघर मण्डलमा आन्दोलनरत शिक्षकहरूको न्यायोचित र जायज मागहरू पूरा गर्नुपर्ने बताए। आवश्यक मागहरू विधेयक संशोधन गरेर वा नीतिमा मिलाएर शिक्षकहरूलाई न्याय प्रदान गर्नुपर्ने उनको भनाइ थियो। “सबै न्यायोचित मागहरू, जायज मागहरू पूरा गर्ने सन्दर्भमा विधेयकमा मिलाउनुपर्ने कुरा छन् भने विधेयकमा मिलाएर, अरू नीतिमा मिलाउनुपर्ने कुरा छ भने नीतिमा मिलाएर शिक्षकहरूलाई न्याय प्रदान गर्नुपर्छ,” उनले भने।
अध्यक्ष नेपालले पार्टीको समाजवादी जागरण अभियानअन्तर्गत पार्टी संगठनलाई परिचालित र संगठित गर्दै जनताको कुरा सुन्ने बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
