पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले देशमा सुशासन, विकास र समृद्धिको खाँचो रहेको तर सत्तामा बस्नेहरूले त्यसतर्फ ध्यान नै नदिएको बताइन्।
काठमाडौँ– पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले आमनागरिक अहिलेको शासन पद्धतिप्रति रुष्ट रहेको दाबी गरेकी छिन्। बिहीबार काठमाडौँमा आयोजित सुशासन, विकास र समृद्धिका लागि राष्ट्रिय अभियान कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले सत्तामा बस्नेहरूले आफ्नो र आफ्नाहरूका मात्रै हित हेरेको आरोप लगाइन्।
“अहिलेको शासनबाट हुँदैन भन्ने कुरा हरेक जनताको मनमा छ। सत्तामा बस्नेहरू आफू हाँस्नु हुन्छ, आफू नै नाच्नु हुन्छ, आफू खुशी, आनन्द मनाइरहनुभएको छ। जनताहरूलाई दुःख भएको छ। जनताले भएनभन्दा पनि आफूले के–के नै गरेको जस्तो मुखमा जे आए पनि बोल्या छ,” उनले भनिन्, “कहिले आफैँले राम्रो काम गरेको छु भनेको पनि सुनिन्छ। उहाँहरू एकोहोरो ताली पड्काएर हिँडिरहनुभएको छ। यता जनता भने उहाँहरूको कामबाट विरक्त छन्। यो बीचमा कसरी समायोजन गर्ने यो अहिलेको मुख्य कुरा हो।”
उनले देशमा सुशासन, विकास र समृद्धिको खाँचो रहेको तर सत्तामा बस्नेहरूले त्यसतर्फ ध्यान नै नदिएको बताइन्। “सुशासन, विकास र समृद्धि यो तीन वटा कुराको खाँचो छ तर यसको स्थापनाका लागि इमानदारी आवश्यकता हुन्छ। जसले शासन गर्छ, जो सत्तामा बस्छ त्यो व्यक्तिमा इमानदार र निष्ठा हुनुपर्छ,” उनले भनिन्, “वर्तमानमा गलाभरि माला लगाउन पाए पुग्यो, इतिहासमा मेरो मूल्यांकन के छ, के भन्लान् त्यो कुराको हेक्का नै राख्नु हुन्न भने हामी के भन्नु, देशमा काण्डैकाण्ड र भ्रष्टाचारबाहेक केही छैन। सत्तामा टिक्नका लागि फोहोरी काम गर्नुभएको छ।”
मुलुक कमिसन र भ्रष्टाचारमा फसेको भन्दै उनले नागरिकले पनि त्यसको खुलेर विरोध गर्न नसकेको बताइन्।
सोही कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले सुशासनको अभ्यासमा देश चुकेको तर्क गरे। “संसारको सबैभन्दा ठूलो अजेन्डा भनेकै सुशासन हो, हामी सुशासनको अभ्यास गर्दै जाँदा त्यसबाट जन्मिने भनेकै विकास र प्रगति हो। आलोचना गर्ने, सबैलाई खराब भनेर आफूलाई अब्बल देखाउनुभन्दा सबै अब्बलहरूको बीचमा अलि राम्रो बन्ने कोशिश गर्नुपर्छ,” उनले भने, “यो अभियानमा रहेको अजेन्डाहरू जबसम्म सामाजिकीकरण हुँदैन, समाजले आत्मसम्मान गर्न सक्दैन त्यसलाई कार्यान्वयन गर्न गाह्रो हुन्छ। यसलाई सामाजिकीकरण गर्ने हो भने हामीले चाहेको सुशासन, विकास त्यति टाढाका विषय होइन।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
