गठबन्धन सरकारले जनता र देशका पक्षमा राम्रो काम गर्न नसकेको एमाले अध्यक्ष केपी शर्मा ओलीको टिप्पणी छ।
विराटनगर– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले तस्कर र अपराधीको संरक्षण गरिरहेको आरोप लगाएका छन्। शुक्रबार विराटनगर विमानस्थलमा पत्रकारसँगको अन्तर्क्रियाका क्रममा एमाले अध्यक्ष ओलीले सरकारले तस्कर र अपराधीको संरक्षण गरिरहेको आरोप लगाएका हुन्।
पार्टीको कोशी प्रदेश अधिवेशनमा सहभागी हुन आएका ओलीले अहिलेको गठबन्धन सरकारले जनता र देशका लागि राम्रो काम गर्न नसकेको टिप्पणी पनि गरे। “यो अपराध संरक्षण गर्ने सरकार हो,” उनले भने, “यो तस्कर संरक्षण गर्ने सरकार भयो। यसले नेपाली जनता र देशलाई केही पनि राम्रो दिन सकेन।”
उनले एमाले सरकारमा जान इच्छुक नभएको पनि बताए। यद्यपि, वर्तमान सरकारको विकल्प चाहिएको उनको भनाइ थियो। त्यो विकल्पबारे सत्तारूढ दल कांग्रेसमा सोच्ने क्षमता नभएको उनको टिप्पणी थियो।
“हामी अहिले सरकारमा जान चाहिरहेका छैनौँ। यो सरकार हटाउने हो भने अर्को त्यस्तो उपयुक्त विकल्प म देख्दिनँ। प्रमुख राजनीतिक पार्टीहरू जिम्मेवार हुँदा विकल्प हुने भए पनि त्यस तहमा गएर सोच्ने खालको क्षमता सामर्थ्य कांग्रेसमा मैले देख्या छैन,” अध्यक्ष ओलीले भने ।
शुक्रबारदेखि विराटनगरमा एमालेको कोशी प्रदेश अधिवेशन हुँदैछ। अधिवेशन उद्घाटन गर्न उनी विराटनगर आएका हुन्। उद्घाटन सत्रमा अतिथिहरूले मन्तव्य राख्ने कार्यक्रम छ। अधिवेशन शनिबारसम्म चल्नेछ। अधिवेशनका लागि कोशी प्रदेशका १४ वटै जिल्लाबाट सहभागी, पर्यवेक्षक र केन्द्रीय नेताहरूको सहभागिता छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
