संसदीय समितिले स्वास्थ्यसेवालाई मर्यादित, सुरक्षित र भयरहित बनाई निर्बाध रूपमा सेवा प्रवाह गर्ने वातावरण तयार गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको छ।
काठमाडौँ– संसदीय समितिले आन्दोलनरत चिकित्सकहरूका माग वार्तामार्फत सम्बोधन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको छ।
शुक्रबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले स्वास्थ्यसेवालाई मर्यादित, सुरक्षित र भयरहित बनाई निर्बाध रूपमा सेवा प्रवाह गर्ने वातावरण तयार गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको हो। बैठकका निर्णय सार्वजनिक गर्दै समिति सभापति भानुभक्त जोशीले चिकित्सकमाथि भएका दुर्व्यवहारका घटनाप्रति समितिको गम्भीर ध्यानाकर्षण भएको बताए।
“चिकित्सकमाथि भएका दुर्व्यवहारका घटनाप्रति समितिको गम्भीर ध्यानाकर्षण भएको छ। यस्ता घटनाप्रति दुःख र खेद प्रकट गर्दै दोषीउपर नियमानुसार कारबाही गर्न र स्वास्थ्य सेवालाई मर्यादित, सुरक्षित, भयरहित र हिंसारहित बनाई निर्बाध रूपमा सेवा प्रवाह गर्ने वातावरण तयार गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिने, चिकित्सकहरू एवं स्वास्थ्य क्षत्रसँग सम्बन्धित समस्याको समाधान गर्न वार्तामार्फत हल गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएका छौँ,” उनले भने।
उनले संसदीय समितिका तर्फबाट चिकित्सकका समस्या सम्बोधनका लागि भएका पहलकदमीबारे समिति सदस्य डा. तोषिमा कार्कीलाई आन्दोलनरत चिकित्सकलाई जानकारी गराउने जिम्मेवारी दिएको बताए।
संसदीय समितिमा चिकित्सकमाथि भएको दुर्व्यवहार एवं अनपेक्षित घटनाबारे बैठकमा सरोकारवाला संघसंस्थाका प्रतिनिधिले आफ्नो धारणा राखेका थिए। सांसदले चिकित्सकहरूमाथि सुरक्षाको खतरा बढेको भन्दै घटनामा संलग्न जो कोहीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
