संघीयता कार्यान्वयन नभईकन जस्तोसुकै ऐननियम बनाए पनि राम्रो परिणाम प्राप्त हुन नसक्ने कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काको भनाइ छ।
काठमाडौँ– कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले शासकीय मानसिकता नबदलेसम्म संघीयताको सफल कार्यान्वयनमा समस्या हुने बताएका छन्। शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले संघीयताको सफल कार्यान्वयनका लागि तीनवटै तहका सरकार र कर्मचारी संयन्त्रमा शासकीय मानसिकतामा परिवर्तन अपरिहार्य भएको बताएका हुन्।
संघीयता कार्यान्वयन नभईकन जस्तोसुकै ऐननियम बनाए पनि राम्रो परिणाम प्राप्त हुन नसक्ने उनको भनाइ छ। “मूलरूपमा हाम्रो शासनको जिम्मेवारीमा निर्वाचित भएर आउने विशेष गरी र स्थायी सरकारको हुनुपर्ने निजामती प्रशासनको मानसिकता दुवै तहको जिम्मेवारमा बस्नेहरूको शासकीय मानसिकता परिवर्तन नभएसम्म कार्यान्वयनमा समस्या हुन्छ। कार्यान्वयन नभईकन जस्तोसुकै ऐन बनाए पनि जस्तोसुकै नियम बनाए पनि धेरै परिणाम दिँदैन। त्यसले द्वन्द्व निम्त्याइरहन्छ। मूल चुरो त्यहाँ छ,” उनले भने।
उनले संघीय शासन प्रणालीअनुसारको अधिकार कार्यान्वयनको स्रोत व्यवस्थापन, जिम्मेवारीलगायतमा ध्यान दिन जरुरी रहेको बताए। “माथिदेखि तल र तलदेखि माथिसम्म हामीले संघीय लोकतान्त्रिक गणतन्त्रको शासन व्यवस्थालाई परिवर्तन गर्ने कि नगर्ने त्योअनुसार हामीले आफूलाई अभ्यस्त पारेर संघीय शासन प्रणालीअनुसारको अधिकार कार्यान्वयनको स्रोतको व्यवस्थापन, जिम्मेवारी लगायत सबै कुराको बारेमा गम्भीर भएर समीक्षा गर्न जरुरी छ,” उनले भने।
कार्यवाहक प्रधानमन्त्री खड्काले सरकारले संघीय कानून निर्माणलाई उच्च प्राथमिकतामा राखेको बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
