सांसदले स्वास्थ्यकर्मीको दरबन्दी बढाउँदै स्वास्थ्य संस्थाहरूलाई स्रोतसाधन सम्पन्न बनाउन सरकारसँग माग गरेका छन्।
काठमाडौँ– नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले स्वास्थ्यकर्मीको दरबन्दी बढाउँदै स्वास्थ्य संस्थाहरूलाई स्रोतसाधन सम्पन्न बनाउन सरकार जिम्मेवार हुनुपर्ने बताएका छन्। शुक्रबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सांसद भण्डारीले स्वास्थ्य क्षेत्रमा थोरै जनशक्तिले काम गरिरहेको बताउँदै जनशक्ति थप्नुपर्ने अहिलेको आवश्यकता रहेको बताएका हुन्।
उनले स्वास्थ्यकर्मीहरूको संख्या बढाउँदा मात्रै पनि बिरामीको समस्या सम्बोधन हुने पनि बताए। उनले चिकित्सकलाई रोग पहिचानका लागि उपकरण दिनै नसकिएको भन्दै कानून भए पनि कार्यान्वयन नभएको बताए। उनले स्वास्थ्यकर्मीहरूले अस्पताल बन्द गरिदिँदा धेरै बिरामीको मृत्यु हुनसक्ने भन्दै त्यसतर्फ सचेत रहन आग्रह गरे।
समितिमा नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले स्वास्थ्यकर्मीहरूको ऐनकानून सुधार्न आन्दोलनरत पक्ष वार्तामा आउनुपर्ने बताए। अरू तरिकाले राज्य अराजकतातर्फ जाने भन्दै वार्तामार्फत कानून, नियमावली र कार्यविधिमा सुधार गर्न सकिने उनको भनाइ छ। उनले समस्याको हल भनेकै वार्ता भएको भन्दै चिकित्सकलाई कुट्ने कुरा अक्षम्य रहेको उल्लेख गरे। उनले अपराध गर्ने जो सुकैलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताए।
‘स्वास्थ्यकर्मीको दरबन्दी नबढाउँदासम्म समस्या समाधान हुँदैन’
समितिमा स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्यकर्मीको अभाव परिपूर्ति गर्न सरकारले काम गरिरहेको दाबी गरे। मन्त्री बस्नेतले एउटा स्वास्थ्यकर्मीले चार जना बराबरको काम गर्न नसक्ने भन्दै दरबन्दी थप्ने विषयमा सबैको सहमति जुटिसकेको र अब छिटै प्रक्रिया अघि बढ्ने बताए।
उनले स्वास्थ्यकर्मीको सुरक्षाका सन्दर्भमा सरकार गम्भीर भएर लाग्ने बताए। शान्ति सुरक्षाको हिसाबले स्वास्थ्य क्षेत्रलाई व्यवस्थित गर्नु सबैको दायित्व भएको उनले बताए। चिकित्सा शिक्षा ऐन परिमार्जन गरेर चिकित्सा क्षेत्रको समस्या समाधान गरिने उनको भनाइ थियो। उनले प्रयोगविहीन स्वास्थ्यका उपकरणलाई समुचित तरिकाले व्यवस्थापन मिलाइएको पनि बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
