विमल गुरुङ स्मृति पुस्तकालयले कृति पुरस्कारका लागि २१ पुस्तकको प्रारम्भिक सूची र कविता प्रतियोगितामा छनोट भएका १० उत्कृष्ट कविताको सूची सार्वजनिक गरेको छ।
काठमाडौँ– कवि विमल गुरुङ स्मृति कृति पुरस्कारका लागि २१ पुस्तकको प्रारम्भिक सूची सार्वजनिक गरिएको छ। कवि विमल गुरुङ स्मृति पुस्तकालयले शुक्रबार विमल गुरुङ कृति पुरस्कार–२०७९ का लागि २१ पुस्तकको प्रारम्भिक सूची सार्वजनिक गरेको हो।
कवि मिल गुरुङ स्मृति पुस्तकालयका अध्यक्ष पूर्णबहादुर गुरुङका अनुसार देश विदेशबाट प्राप्त १०१ कृतिमध्येबाट पहिलो चरणको ‘सर्टलिस्ट’मा २१ कृतिको नाम सार्वजनिक गरिएको हो। सार्वजनिक कृतिहरूमध्येबाट सात वटा फेरि चयन गरिने र सोही सात वटामध्येबाट सर्वोत्कृष्ट ठहरिएको एक कृतिलाई पुरस्कृत गरिने छ।
प्रारम्भिक सूचीमा पर्ने कृतिहरूमा रक्ष राईको युद्ध सौन्दर्य चिन्तन: मानव सभ्यताको दर्शन (चिन्तन), टंक वनेमको सुदूर विस्मृतिका विम्बहरू (संस्मरण संग्रह), रण काफ्लेको रैथाने(उपन्यास), सिमरन क्षेत्रीको झुमर (उपन्यास), पराजित पोमुको मद्वारा मेरो निर्माण (कविता संग्रह) र रिना सुब्बाको परिवर्तित अनुहार (उपन्यास) रहेका छन्।
त्यस्तै, सुचनको झ्यालिन्चा (कविता संग्रह) करुणा राईको रसिया राग (कविता संग्रह), जानुका खतिवडाको आतो ओडा (उपन्यास), राखि गौचनको प्रमिथसको फिलिंगो (कविता संग्रह), चन्द्र गुरुङको जब एउटा मान्छे हराउँछ (कविता संग्रह), गोपी सापकोटा चिसो बाफ (उपन्यास) रहेका छन्।
त्यस्तै, शमशेर अलिको मामा (कथा संग्रह), अशोक थापाको सन्तापको धुन (कथा संग्रह), प्रकाश गुरागाईंको जङ्सन पिपलबोट नयाँ सडकको कथा (गैरआख्यान), विजय बान्तवा कैलाशीको मित्याङ्स (उपन्यास) मनिसा गौचनको प्रतिवहन (कथा संग्रह), योगिता राईको समय स्वर (कविता संग्रह), सानु लामाको दुख्नु उतिकै छ (कथा संग्रह), सञ्जय विष्टको माटाको घर उपन्यास र बेलायती नेपाली डायास्पोरिक नेपाली कविता रहेका छन्। यी कृतिबाट सर्वोत्कृष्ट ठहरिएको कृतिलाई ताम्रपत्रसहित नगद २ लाख रुपैयाँ राशिको पुरस्कार प्रदान पुस्तकालयका अध्यक्ष गुरुङले बताए।
यसैगरी, पुस्तकालयले कविता प्रतियोगितामा छनोट भएका १० उत्कृष्ट कविताको सूची पनि सार्वजनिक गरेको छ। पुस्तकालयले ७४ कवितामध्येबाट १० वटा उत्कृष्ट कविता चयन गरिएको जनाएको छ। चयन भएका कविताहरूमा अविनाश भट्टराईको आवाजहरू! ओ आवाजहरू, अजित वियोगीको म त्यहीँ छोडिएँ छु, एलिजा एकलासको बेवारिसे प्रश्न, छविना लुङ्गेली मगरको मजदुर, निशान निष्कर्षको स्वतन्त्रताको एउटा अध्याय रहेका छन्।
त्यस्तै, भीम विरही राईको पहिला म मरुँ या मेरो देश?, मौलश्री लिम्बूको बुख्याचा, वीरेन्द्र ग्यावा तामाङको इजार, सन्ध्या सिजाङ्गो सुब्बाको अन्तिम लडाइँ र भोजराज श्रेष्ठको यो साइनो कस्तो रहेका छन्। पुस्तकालयका अध्यक्ष गुरुङका अनुसार प्रथम हुने कवितालाई २१ हजार, द्वितीय हुनेलाई १८ हजार र तृतीय हुनेलाई १७ हजार रुपैयाँका साथै प्रमाणपत्रले पुरस्कृत गरिने छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
