हाँडीगाउँमा मनाइएको इन्द्रजात्रा महोत्सवमा देवीदेवताको पूजाआजासहित रथयात्रा, लोप हुन लागेका खेल प्रतियोगिताका साथै नेवारी खानाका स्टलसमेत राखिएका थिए।
काठमाडौँ– काठमाडौँ महानगरपालिका–५ हाँडीगाउँमा पनि इन्द्रजात्रा महोत्सव मनाइएको छ। महोत्सवमा देवीदेवताको पूजाआजासहित रथयात्रा, लोप हुन लागेका खेलको प्रतियोगिताको आयोजना गरिएको थियो।

साथै, नेवारी समुदायको वेशभूषा तथा नृत्य प्रदर्शन गरिएको थियो। विभिन्न नेवारी खानाका स्टलहरूसमेत राखिएको थियो। हाँडीगाउँमा मनाइएको इन्द्रजात्रामा नाचगान तथा संस्कृतिको प्रवर्धन एवं प्रदर्शनका साथै नेवारी खानाका स्टलसमेत राखिएका थिए।
नेवारी कला र संस्कृति प्रवर्द्धन र जगेर्ना गर्न इन्द्रजात्राको भोलिपल्ट पूर्णिमाका दिन यो मेला आयोजना गर्ने गरिएको स्थानीय बासिन्दाको भनाइ छ। काठमाडौँ महानगर– ५ का वडाध्यक्ष वीरेन्द्र प्रधानका अनुसार कसैको आर्थिक सहयोगमा नभई सम्पूर्ण वडावासी आफ्नो पहिचान आफैँले जोगाउनु पर्छ भनेर कला संस्कृति प्रदर्शनमा लागेको बताए। त्यस्तै, स्थानीय गणेशबहादुर मानन्धर मेलाको प्रमुख उद्देश्य आ–आफ्नो पुरानो संस्कृतिको जगेर्ना गर्नुपर्छ भन्ने रहेको बताउँछन्।

भिडियो
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
