कस्तो रहनेछ शनिबारको मौसम?

कोशी, मधेश र बागमतीका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

काठमाडौँ– मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ। 

पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बागमती, गण्डकी र लुम्बिनीका पहाडी भूभागका केही स्थानमा हल्का वर्षा भइरहेको छ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेश र बागमतीका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। 

राति कोशी र मधेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने छ। पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ।