सचिवमा नवराज सिलवाल निर्वाचित भएका छन्। उनले निकटतम प्रतिद्वन्द्वी हस्त पण्डितलाई एक मतले पराजित गरेका हुन्।
काठमाडौँ– नेकपा एमाले बगमती प्रदेश कमिटीको अध्यक्षमा रामेछापका कैलाश ढुंगेल निर्वाचित भएका छन्।
शुक्रबार राति सम्पन्न मतगणनामा ढुंगेल ६९६ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भएका हुन्। उनका निकटम प्रतिस्पर्धी मकवानपुरका कृष्ण दाहालले ४३९ मत प्राप्त गरे।
ढुंगेल बागमती प्रदेश सरकारका पूर्वअर्थमन्त्री समेत हुन्। उपाध्यक्षमा चितवनका दावादोर्जे लामा उपाध्यक्षमा विजयी भए। उनले ६१५ मत प्राप्त गरे। उपाध्यक्षका अर्का प्रत्यासी ईश्वरचन्द्र पोखरेलले २२१ मत मात्र प्राप्त गरे।
यसैगरी सचिवमा नवराज सिलवाल विजयी भए। उनले हस्त पण्डितलाई एक मतले पराजित गरे। सिलवालले ५६८ तथा पण्डितले ५६७ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ।
उपसचिव खुल्लामा प्रेमकुमार महर्जन र महिलामा भक्तकुमारी लामा विजयी भएका छन्। महर्जनले ३६७ मत प्राप्त गर्दा निकटम प्रतिस्पर्धी टासी लामाले २३२ मत प्राप्त गरे। महिलामा लामा ५९९ मतसहित निर्वाचित हुँदा निकटम प्रतिस्पर्धी रिता गौतम ढकालले ५३६ मत प्राप्त गरिन्।
सहमतिबाट नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि शुक्रबार दिउँसो विद्युतीय मेसिनमार्फत् मतदान भएको थियो।
केन्द्रीय कार्यालय च्यासलमा भएको निर्वाचनमा एक हजार १३५ जना प्रतिनिधिले मतदान गरेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
