प्रधानमन्त्री दाहाल संयुक्त राष्ट्र संघको ७८औँ महासभामा भाग लिन भदौ ३० गते अमेरिका प्रस्थान गरेका थिए। उनी उतैबाट असोज ५ गते चीन गएका थिए।
काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ १४ दिनको विदेश भ्रमण सकेर शनिबार स्वदेश फर्किँदै छन्।
प्रधानमन्त्रीको टोली बिहान १० बजे नेपाल आइपुग्ने उनको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री दाहाल संयुक्त राष्ट्र संघको ७८औँ महासभामा भाग लिन भदौ ३० गते अमेरिका प्रस्थान गरेका थिए। असोज ४ गते राष्ट्र संघको महासभालाई सम्बोधन गरेका उनले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग पनि भेटेका थिए। साथै अन्य मुलुकका समकक्षीसँग पनि द्विपक्षीय भेटवार्ता गरे।
असोज ५ गते अमेरिकाबाट सिधै चीन गएका थिए। चीनमा रहँदा प्रधानमन्त्री दाहालले त्यहाँका राष्ट्रपति सी चिनफिङ र समकक्षी ली छ्याङसँग छुट्टाछुट्टै भेटवार्ता गरे।
सो क्रममा दुई देशबिच १३ वटा समझदारी पत्रमा हस्ताक्षर भएको थियो। त्यस्तै चीनको हाङझाउमा जारी एशियाली खेलकुदको उद्घाटन समारोहमा पनि सहभागिता जनाएका थिए।
त्यसपछि चीनको स्वशासित क्षेत्र तिब्बतमा पर्ने मानसरोवर कैलाश घुम्न पुगेका प्रधानमन्त्री दाहाल छेन्दुबाट काठमाडौँ फर्किन लागेका हुन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
