सरकार र आन्दोलनरत चिकित्सकबीच ६ बुँदै सहमति भएको छ। सरकारसँग सहमति भएसँगै चिकित्सकहरूले आन्दोलन अन्त्य गर्ने भएका छन्।
काठमाडौँ– सरकार र आन्दोलनरत चिकित्सकबीच ६बुँदै सहमति भएको छ। उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा शनिबार सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको वार्तापछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिबीच सहमति भएको हो। सहमति भएसँगै आन्दोलनका कार्यक्रम फिर्ता हुने भएका छन्।
गृहमन्त्री श्रेष्ठले स्वास्थ्य मन्त्रालयका प्रतिनिधिहरू र आन्दोलन चिकित्सकहरूका प्रतिनिधिबीच सहमतिपत्रमा हस्ताक्षर भएको बताए। उनले सरकार र स्वास्थ्यकर्मीबची भएको सम्झौता कार्यान्वयनका लागि सरकार प्रतिबद्ध भएको बताए। “यो सम्झौता कार्यान्वयन प्रक्रियामा लैजानका निम्ति सरकार दृढ छ, भोलिदेखि नै यो कार्यान्वयनको पहल गरिने छ,” उनले भने।
स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिको संयोजक डा. शेषराज घिमिरेले सरकारसँग सम्झौता भएसँगै आन्दोलनका कार्यक्रम अन्त्य गरिने बताए। सम्झौतापत्रमा डा. घिमिरे र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाका निमित्त सचिव डा. दीपेन्द्र रमण सिंहले हस्ताक्षर गरेका छन्।
सहमतिको पहिलो नम्बरमा स्वास्थ्य तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ (पहिलो संशोधन २०७९)लाई प्रभावकारी रूपमा कार्यान्वयन गरी मणिपाल मेडिकल कलेजलगायत स्वास्थ्य संस्थाहरूमा चिकित्सकहरू तथा स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षालाई थप भरपर्दो बताउने उल्लेख छ। त्यसका लागि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा समन्वय समितिलाई क्रियाशील बनाइने भएको छ।
त्यस्तै, चिकित्सक तथा स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामा आक्रमण तथा कुटपिट गर्ने व्यक्तिलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा ऐन बमोजिम कारबाही चलाइने सहमति भएको छ।
चिकित्सक तथा सम्पूर्ण स्वास्थ्यकर्मीको सुरक्षा प्रत्याभूति गर्नुपर्ने माग गर्दै विगत चार दिनदेखि चिकित्सकले निरन्तर आन्दोलनमा थिए। स्वास्थ्यकर्मीमाथि आक्रमण गरिँदा पनि राज्यले चासो नदेखाएपछि बाध्यतावश सडकमा आउनु परेको उनीहरूको भनाइ थियो।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
