सुन र सुन ल्याउने फिलिपिन्सकी महिलालाई त्रिभुवन विमानस्थल भन्सार कार्यालयलाई बुझाएको प्रहरी नायब महानिरीक्षक चन्दले बताए।
काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले दुई किलो ७२० ग्राम सुनसहित एक जना फिलिपिन्सकी महिलालाई पक्राउ गरेको छ ।
फ्लाई दुबईको उडान नम्बर एफजेड ५७५ को जहाजबाट शुक्रबार राति काठमाडौँ आएकी फिलिपिन्सकी अन्दाजी ३१ वर्षीया अनालङ अरोन्स रोविकनलाई पक्राउ गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय प्रमुख तथा प्रहरी नायब महानिरीक्षक अर्जुन चन्दले जानकारी दिए।
उनका अनुसार पक्राउ परेकी निज महिलाले आफ्नो भित्री वस्त्रमा पाँच पोका प्लास्टिकसहित दुई केजी ७२० ग्राम सुन मिसिएको पाउडर लुकाई छिपाइ लैजाँदै गरेको अवस्थामा महानगरीय प्रहरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा गार्डको कार्यालयबाट खटिएको सादा पोसाकको टोलीले सामानसहित पक्राउ गरी थप अनुसन्धानका लागि गौशाला पठाएको थियो।
प्रहरीले हाल उक्त सुन र सुन ल्याउने फिलिपिन्सकी महिलालाई त्रिभुवन विमानस्थल भन्सार कार्यालयलाई बुझाएको प्रहरी नायब महानिरीक्षक चन्दले बताए।
स्रोत नखुलेको १० लाखसहित भारतीय नागरिक पक्राउ
जिल्ला प्रहरी परिसरअन्तर्गत रहेको प्रहरी वृत्त दरबारमार्गको टोलीले काठमाडौँ महानगरपालिका–२७ ज्याठा चोकबाट स्रोत नखुलेको रकमसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत मोतिहारी घर भई हाल ललितपुर सानेपा बस्ने ४० वर्षीय रुपेश गुप्ता रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिए।
उनका अनुसार ज्याठा चोकमा दरबारमार्गबाट खटिएको प्रहरी टोलीले बा९१प ९९५८ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा डिक्कीभित्र रहेको ब्यागमा नगद रु १० लाख फेला पारी स्कुटर चालक गुप्तालाई गए राति पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
