७३ वर्षीय खनालको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचारका क्रममा शनिबार राति निधन भएको हो। उनी दुई वर्षदेखि आमाशयको क्यान्सरबाट पीडित थिए।
काठमाडौँ– जिल्ला समन्वय समिति (जिसस) ओखलढुंगाका प्रमुख डिल्लीराम खनालको निधन भएको छ।
७३ वर्षीय खनालको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचारका क्रममा शनिबार राति निधन भएको हो। उनी दुई वर्षदेखि आमाशयको क्यान्सरबाट पीडित थिए।
२०७९ सालको निर्वाचनबाट सिद्धिचरण नगरपालिका–३ को वडा सदस्य निर्वाचित भएका खनाल निर्विरोध जिसस प्रमुख निर्वाचित भएका थिए। ओखलढुंगा कांग्रेसका पूर्वउपसभापति र पूर्वमहासमिति सदस्यसमेत रहेका खनाल जिल्लामा कांग्रेसका अभिभावक नेता मानिन्थे।
खनालको निधनले सिंगो ओखलढुंगा जिल्लालाई अपूरणीय क्षति पुर्याएको कांग्रेस नेता एवं सांसद नेता रामहरि खतिवडाले बताए।
खनालका दुई छोरा, दुई छोरी छन्। उनको आइतबार नै पशुपतिमा अन्त्येष्टि गरिने परिवारले बताएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
