अमेरिकामा गोली चल्दा तीन विद्यार्थीको मृत्यु

भर्जिनिया विश्वविद्यालयका विद्यार्थी चढेकाे बसमा अन्धाधुन्ध गोली चल्दा डेभिन चन्डलर, लाभेल डेभिस जुनियर र डिसेन पेरीकाे मृत्यु भएकाे छ।

तस्वीर : सीएनएन

काठमाडौँ– अमेरिकाको भर्जिनिया विश्वविद्यालय परिसरमा गोली चल्दा ३ जना विद्यार्थीको ज्यान गएको छ । 

युनिभर्सिटी अफ भर्जिनिया फुटबल टोलीका सदस्यलाई गोली हानी हत्या गरिएको हो । स्थलगत भ्रमणबाट फर्किएका विद्यार्थीले भरिएको बसमा अन्धाधुन्ध गोली चलेको थियो ।

मृत्यु हुनेमा डेभिन चन्डलर, लाभेल डेभिस जुनियर र डिसेन पेरी रहेको विश्वविद्यालयका अध्यक्ष जिम रायनले बताए। दुई विद्यार्थी घाइते भएका छन्। जसमा एकको अवस्था गम्भीर रहेको रायनले बताए।

उनीहरू विश्वविद्यालयको फुटबल टोलीका सदस्य पनि हुन्। गोली चलाएको आरोपमा विश्वविद्यालयकै विद्यार्थी २२ वर्षीय क्रिष्टोफर डेनियल पक्राउ परेका छन्।