आइतबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री दाहालले सम्बोधन गर्ने र बैठक अगावै आयोगको घोषणा गर्ने सहमति भएको एमालेका सचेतक महेश बर्तौलाले बताए।
काठमाडौँ– सुन तस्करी प्रकरणको छानबिनका लागि आइतबार नै उच्चस्तरीय आयोग गठन गर्न सरकार र एमाले सहमत भएका छन्।
आयोग गठनबारे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आइतबार छलफल भएको थियो।
छलफलमा आइतबार बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री दाहालले सम्बोधन गर्ने र बैठक अगावै आयोगको घोषणा गर्ने सहमति भएको एमालेका सचेतक महेश बर्तौलाले जानकारी दिए।
छलफल सकारात्मक भएको र आयोगको कार्यादेशमा आफूहरू सहमतिको नजिक पुगेको उनको भनाइ छ। “उच्च अदालतको पूर्व न्यायाधीशको संयोजकत्वमा तीन सदस्यीय कार्यदल आयोग बन्नेछ,” बर्तौलाले भने, “आजको संसद् बैठकमा प्रधानमन्त्रीले बोल्ने र त्यसभन्दा पहिले नै आयोग घोषणा गर्ने सहमति भयो।”
सत्तापक्ष र प्रतिपक्षबीच आयोग गठन गर्ने सहमति भए पनि सोको कार्यादेश र कार्यक्षेत्रबाट सहमति जुट्न बाँकी थियो। आयोग गठन नभए एमालेले प्रतिनिधिसभा बैठक अवरोध गर्ने चेतावनी दिएको छ।
साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट बाहिरिने क्रममा करिब ६१ किलो सुन बरामद भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
