प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

बैठकमा सुन तस्करी छानबिन आयोग गठन, मूल्यवृद्धिलगायत विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्। 

आइतबार दिउँसो बस्ने बैठकमा सुन तस्करी छानबिन आयोग गठन, मूल्यवृद्धिलगायत विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

यसअघि आइतबार बिहान बालुवाटारमा प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छानबिन आयोगको कार्यादेशमा सहमति जुटेको थियो। 

यस्तै, मन्त्रिपरिषद् बैठकमा चाडबाडको भएको अचाक्ली मूल्यवृद्धिबारे पनि  छलफल हुने बताइएको छ।

नेपाल आयल निगमले शनिबार रातिदेखि लागू हुने गरी स्वचालित मूल्य प्रणालीको आधारमा खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर २३५ , डिजेल/मट्टितेलमा प्रतिलिटर ६ र पेट्रोलमा प्रतिलिटर २ रुपैयाँका दरले मूल्य बढाएको थियो।

निगमले एक्कासि मूल्य बढाएपछि यस विषयमा प्रधानमन्त्रीले चासो दिएका हुन्।