आइतबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा चार सदस्यीय छानबिन आयोग गठन गरेको छ।
काठमाडौँ– सरकारले सुन तस्करी प्रकरणको छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा चार सदस्यीय छानबिन आयोग गठन गरेको छ।
आयोगको सदस्यमा किशोरजङ कार्की, प्रेमराज जोशी र सहकुल थापा छन्।
आइतबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले तीन महिनाको समय दिएर आयोग गठन गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्। “सुनको अवैध पैठारी तस्करीको नियन्त्रण गर्न सुझावसहितको प्रतिवेदन पेस गर्न जाँचबुझ आयोग गरिएको छ,” उनले भनिन्।
भदौ ६ गते सरकार र राजनीतिक दलबीच असोज ५ सम्म उच्चस्तरीय छानबिन आयोग गठन गर्ने र सोही दिनदेखि आयोगले काम गर्ने सहमति भएको थियो।
यसैबीच प्रधानमन्त्री दाहालले आइतबारको प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने कार्यक्रम छ। सो अवसरमा उनले आयोग गठनको निर्णयबारे सदनलाई जानकारी गराउनेछन्।
यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा आयोग गठनबारे छलफल भएको थियो।
उक्त छलफलपछि प्रधानमन्त्री दाहालले सत्तारुढ दलसँग पनि सो विषयमा छलफल गरेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
