प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा नेपालको शान्तिप्रक्रियालाई ठोस निष्कर्षमा पुर्याउन आवश्यक सहयोगका लागि विश्व समुदायसँग आग्रह गरेको बताएका छन्।
काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा नेपालको शान्तिप्रक्रियालाई ठोस निष्कर्षमा पुर्याउन आवश्यक सहयोगका लागि विश्व समुदायसँग आग्रह गरेको बताएका छन्।
शनिबार स्वदेश फर्किएका दाहालले आइतबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा आफूले नेपालको शान्तिप्रक्रियालाई टुंग्याउन आवश्यक सहयोगका लागि आह्वान गरेको जानकारी गराएका हुन्।
सो अवसरमा जलवायु परिवर्तनले नेपाल जस्ता हिमाली र अल्पविकसित राष्ट्रमा पारेको असर र त्यसको न्यूनीकरणका लागि विश्व समुदायको गम्भीर ध्यानाकर्षण गराएको जानकारी उनले सदनलाई गराए। उनले संयुक्त राष्ट्रसंघको महासभामा आफूले देखिने गरी र सुनिने गरी नेपालका तर्फबाट आवाज उठाएको बताए।
“संयुक्त राष्ट्रंसंघको महासभामा प्रधानमन्त्रीस्तरबाट भएको सहभागिताबाट नेपालको शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन संयुक्त राष्ट्र संघ र अन्तर्राष्ट्रिय समुदायको सद्भाव हासिल गर्ने, नेपालमा द्वन्द्वबाट शान्तितर्फ रूपान्तरणको सफल उदाहरणलाई अन्तर्राष्ट्रिय समुदायले उचित मान्यता दिनुपर्ने, दिगो विकासका लक्ष्यहरूको कार्यान्वयन, तथा जलवायु परिवर्तनका प्रभावहरूबारे नेपाल लगायत अतिकम विकसित मुलुककारहरूका चुनौती र तिनको सम्बोधनका लागि विश्व समुदायको ध्यानाकर्षण गराउने विषयमा नेपाल यस पटक देखिने गरी प्रस्तुत गर्न सफलता मिलेको छ,” उनले भने।
प्रधानमन्त्री दाहालले उत्तरी छिमेकी चीन र संयुक्त राष्ट्रसंघको भ्रमण दुवै सफल र फलदायी भएको दाबी गरे। उनले चीन भ्रमणका क्रममा आफूले एक चीन नीतिप्रति प्रतिबद्धता दोहोर्याएको बताए। उनले चीनसँग कृषि, सडक र बिजुलीसहित कयौँ विकासका काममा मिलेर अघि बढ्न समझदारी भएको पनि बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
