नेप्से ३३.२० अंकले घट्यो, १ अर्ब ८३ करोडको कारोबार

आइतबार सयपत्री हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने पाँच वटा कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।

काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३३.२० अंकले घटेर एक हजार ९७१.१० बिन्दुमा कायम भएको छ।आइतबार विभिन्न २८४ कम्पनीका ६७ लाख २३ हजार ४०० कित्ता शेयर ८२ हजार ८०० पटक खरिदबिक्री हुँदा एक अर्ब ८३ करोड चार लाख ८६ हजार ७४३ बराबरको कारोबार भएको छ।

आइतबार सबै समूहको उपसूचकमा रातो देखिएको छ। सबैभन्दा धेरै जलविद्युत् समूह ३.३२ र वित्त समूह २.१७ प्रतिशतले घटेको छ। आइतबार सयपत्री हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने पाँच वटा कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।

सनराइज फस्ट म्युचुअल फन्ड, अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेड, एसियन हाइड्रोपावर लिमिटेड, मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेड र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो।

कारोबार रकम र कारोबार भएका शेयर संख्याका आधारमा आइतबार सबैभन्दा धेरै सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १४ करोड ७३ लाख ६० हजार ७४३ रुपैयाँ बराबरको तीन लाख १८ हजार ७२४ कित्ता शेयर किनबेच भएको छ।