ओडारमा लुकाइ राखेको अवस्थामा चार किलो सुन बरामद भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख, डीएसपी दीपक खड्काले जानकारी दिए।
रामेछाप– दोलखाको लामाबगरबाट प्रहरीले आइतबार थप चार किलो सुन बरामद गरेको छ। दोलखाको विगु गाउँपालिका–३ लामाबगरबाट प्रहरीले आइतबार दिउँसो सो परिमाणमा सुन बरामद गरेको हो।
लामाबगरको बस्तीभन्दा पारी डुंगाको ओडारमा लुकाइछिपाइ राखेको अवस्थामा सुन बरामद भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख, डीएसपी दीपक खड्काले जानकारी दिए।
चीनबाट दोलखाको लामाबगर हुँदै अवैध रूपमा सुन तस्करी भएको आशंकामा प्रहरीले खोज तलास गर्दा लुकाइ राखेको सुन फेला परेको हो।
दोलखा प्रहरी र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले असोज १० गतेदेखि लामाबगर क्षेत्रमा खोज अनुसन्धान जारी राखेको छ। सो क्रममा हालसम्म ११ किलो सुन फेला परेको छ।
यसअघि असोज १० गते प्रहरीले तीन किलो सुन फेला पारेको थियो भने ११ गते थप चार किलो सुन फेला पारेको थियो।
प्रहरीले दोलखाको विगु गाउँपालिका–३ जामुनेस्थित सीता तामाङको घरमा कोठा भाडा लिई बस्ने विगु गाउँपालिका–१ घर भएका २८ वर्षीय केशर तामाङको कोठाबाट १० गते चार किलो र १२ गते पुनः तीन किलो सुन बरामद गरेको थियो।
घटनमा संलग्न स्थानीय सात जनालाई प्रहरीले हालसम्म पक्राउ गरेको छ। सुन तस्करीको नाइके भने अझै पक्राउ परेका छैनन्। प्रहरीले अहिले पनि लामाबगरमा रहेर खोजी कार्य गरिरहेको डीएसपी खड्काले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
