काठमाडौँ– गीतकार, कवि तथा संस्कृतिकर्मी टीका चाम्लिङ एकल सांगीतिक साँझ आयोजना हुने भएको छ। गीतिसाहित्यका क्षेत्रमा समर्पित भएको झण्डै साढे तीन दशकपछि पहिलो पटक किराँत राई चाम्लिङ राखमिहँछा उत्थान समाज, केन्द्रीय कार्यसमिति, नुनथला, खोटाङ र काठमाडौँ उपत्यका उपसमितिको आयोजनामा काठमाडौँको जमलस्थित सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)मा असोज १९ गते शुक्रबार दिउँसो गीतकार चाम्लिङको कविता तथा गीत वाचनका साथ एकल सांगीतिक साँझ ‘संँै हँमा स्वर्णिम साँझ’ आयोजना हुने भएको हो। नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा—प्रतिष्ठानका प्राज्ञ सभा सदस्यसमेत रहेका चाम्लिङको यो पहिलो एकल सांगीतिक साँझ हो। प्राज्ञ चाम्लिङका अनुसार नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइँलाको प्रमुख आतिथ्य तथा वरिष्ठ संगीतकार प्राज्ञ अशोक लोहोरुङ राईको संयोजनमा प्रस्तुत हुने सांगीतिक साँझमा गायक/गायिकाहरू राजेशपायल राई, सत्यकला राई, राई नीवन, सीडी विजय अधिकारी, मेलिना राई, अशोक मुकारुङ, रूपकुमार राई, सञ्जय तुम्रोक, सबु राई, सरिता राई आङबुहाङ, मनिशा अधिकारी राई, खुसी थुलुङ, शशिका राई सुनुवार, विनुसा राई, पूर्णिमा ठटाल, सविता चोङबाङले गीतकार चाम्लिङका गीतहरू गाउनेछन्। कार्यक्रमको आरम्भमा स्वागत गायन प्रस्तुत हुनेछ जसमा कला राई, विक्रम राई, मीना राई, प्रेमकला राई, केबि राई, सचिन राई, सागर संसार राई, दीपक बान्तावा, रश्मी राई, मनिता चाम्लिङ राई, निनामहाङ राई, हेमन चाम्लिङ राई र मनमा बिराईले स्वागत गान गाउनेछन्। यसै गरी कार्यक्रमको अर्को चरणमा नृत्य प्रस्तुति रहेको छ। नृत्य निर्देशक कमल राई र …
काठमाडौँ– गीतकार, कवि तथा संस्कृतिकर्मी टीका चाम्लिङ एकल सांगीतिक साँझ आयोजना हुने भएको छ। गीतिसाहित्यका क्षेत्रमा समर्पित भएको झण्डै साढे तीन दशकपछि पहिलो पटक किराँत राई चाम्लिङ राखमिहँछा उत्थान समाज, केन्द्रीय कार्यसमिति, नुनथला, खोटाङ र काठमाडौँ उपत्यका उपसमितिको आयोजनामा काठमाडौँको जमलस्थित सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)मा असोज १९ गते शुक्रबार दिउँसो गीतकार चाम्लिङको कविता तथा गीत वाचनका साथ एकल सांगीतिक साँझ ‘संँै हँमा स्वर्णिम साँझ’ आयोजना हुने भएको हो। नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा—प्रतिष्ठानका प्राज्ञ सभा सदस्यसमेत रहेका चाम्लिङको यो पहिलो एकल सांगीतिक साँझ हो।
प्राज्ञ चाम्लिङका अनुसार नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइँलाको प्रमुख आतिथ्य तथा वरिष्ठ संगीतकार प्राज्ञ अशोक लोहोरुङ राईको संयोजनमा प्रस्तुत हुने सांगीतिक साँझमा गायक/गायिकाहरू राजेशपायल राई, सत्यकला राई, राई नीवन, सीडी विजय अधिकारी, मेलिना राई, अशोक मुकारुङ, रूपकुमार राई, सञ्जय तुम्रोक, सबु राई, सरिता राई आङबुहाङ, मनिशा अधिकारी राई, खुसी थुलुङ, शशिका राई सुनुवार, विनुसा राई, पूर्णिमा ठटाल, सविता चोङबाङले गीतकार चाम्लिङका गीतहरू गाउनेछन्।
कार्यक्रमको आरम्भमा स्वागत गायन प्रस्तुत हुनेछ जसमा कला राई, विक्रम राई, मीना राई, प्रेमकला राई, केबि राई, सचिन राई, सागर संसार राई, दीपक बान्तावा, रश्मी राई, मनिता चाम्लिङ राई, निनामहाङ राई, हेमन चाम्लिङ राई र मनमा बिराईले स्वागत गान गाउनेछन्। यसै गरी कार्यक्रमको अर्को चरणमा नृत्य प्रस्तुति रहेको छ। नृत्य निर्देशक कमल राई र सुमित गुरुङको निर्देशनमाउपासना नेम्बाङ, चरना सिवाकोटी, विमला लिम्बू र स्वर्णिमा राईले गीतकार चाम्लिङकै गीतमा नृत्य प्रस्तुत गर्ने कार्यक्रम रहेको आयोजक संस्थाले जनाएको छ।
वि।संं। २०३० माघ ४ गतेका दिन खोटाङको साबिक नुनथला गाविस–५, हालः दिक्तेल–रूपाकोट–मझुवागढी नगरपालिका वडा नं। १३, खाम्लामा आमा दिलकुमारी राई र आपा रोजबहादुर राईका ज्येष्ठ छोराका रूपमा यस धरतीमा जन्म लिएका उनी पूर्णकालीन कवि हुन्, गीतकार र संस्कृतिकर्मी हुन्। विशेषगरी गीत, कविता र यात्रासंस्मरण विधामा कलम चलाउने उनका सधैँभरि (गीतिअडियो–२०५८), राखौँ सम्झना (लोकजुहारी शब्द सङ्कलन–२०५९), सोमबारे हाटैमा (लोक जुहारी शब्द सङ्कलन– २०५९) गीति एल्बमका साथै सपनाको रङ (गीतिकाव्य कृति– २०६०), समयको रङ (गीतिकाव्य– २०६४), जूनको बस्ती (गीतिकाव्य– २०६८) र मुन्दुम र मालिङ्गो (गीतिकाव्य कृति–२०७१) प्रकाशित छन्। बागी कविता (कविताकाव्य कृति–२०८०)उनको कविता विधातर्फको पहिलो कृति हो।
यसका अतिरिक्त उनका दुईसय जति गीत रेकर्ड भएका छन्। शुक्रबार आयोजना हुने कार्यक्रममा अवसरमा प्राज्ञ चाम्लिङको काव्यकृति ‘बागी कविता’को समेत विमोचन गरिने कार्यक्रम रहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
